अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !

सारांश

  • काठमाडौँ, ४ असोज।
  • संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
  • समितिको आजको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो ।

काठमाडौँ, ४ असोज। संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका थिए । उनले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्ने प्रणालीको विकास गरिएको र पछिल्लो दिनमा स्थानीय निकायको बढी उजुरी आएको जानकारी दिए । “म आयोगलाई व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा चलाउँछु र प्रभावकारी परिणाम निकाल्छु, प्रवृत्तिका रुपमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग जरुरी छ”, उनले भने।

विसं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हालिइरहनुभएका घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि हदैसम्मको प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए । उनले भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र तोकिएको समयमा काम नगर्ने प्रवृत्तिविरुद्ध पनि दृढताका साथ उभिने विश्वास दिलाए । उनले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण भए पनि त्यसलाई नियन्त्रणका लागि विज्ञ कर्मचारी एवं प्रविधिको समेत जरुरी रहेको बताए ।

बैठकमा सांसदले “प्रमुख आयुक्त हुनका लागि तपाईँको कार्ययोजना के के छन् ” भनेर प्रश्न गरेका थिए । सांसदको प्रश्नको जवाफमा आयुक्त घिमिरेले आफ्नो कार्यकालमा कानूनी र नीतिगत सुधार गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रविधि तथा अनुसन्धानको दायरासमेत फराकिलो बनाउने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
औद्योगिक विकासका लागि प्रधानमन्त्रीको नयाँ मार्गचित्र: ‘टेक्सटाइल काउन्सिल’ गठन
औद्योगिक विकासका लागि प्रधानमन्त्रीको नयाँ मार्गचित्र: ‘टेक्सटाइल काउन्सिल’ गठन
माघ १३ गते सोमबारको राशिफल यस्तो छ
माघ १३ गते सोमबारको राशिफल यस्तो छ
दाहाल भन्छन् : प्रतिबद्धता लागू गरेरै छाड्छौँ
दाहाल भन्छन् : प्रतिबद्धता लागू गरेरै छाड्छौँ
आजको राशीफल
आजको राशीफल
तपस्वी बम्जनलाई प्रहरीले सार्वजनिक गर्याे
तपस्वी बम्जनलाई प्रहरीले सार्वजनिक गर्याे
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
एनएमए चुनावमा धाँधली भएको भन्ने आरोपको लामा समूहद्वारा खण्डन
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !

तपाईंले छुटाउनुभयो कि?