देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १७, २०७५
|
|
५९ पटक हेरिएको
Shares
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

सारांश

  • विराटनगर, १७ असोज ।
  • प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
  • प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भन्नुभयो ।

विराटनगर, १७ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भन्नुभयो ।मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै दुबै सरकारले प्राकृतिक स्रोत, साधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

स्थानीय सरकारले अधिकारको जथाभावी प्रयोग नगर्न सुझाव दिँदै मुख्यमन्त्री राईले जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राख्नुभयो । परिषद्को संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले स्थानीय तहमा देखिएका समस्या हल गर्न बैठकले मद्दत गर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले नयाँ संरचनाअनुसार बनेको स्थानीय तह र प्रदेश सरकारबीच तालमेल हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका १३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजक सहभागी रहेको सो कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठकसम्बन्धी कार्यविधि, २०७५ को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको विषय र आवश्यक देखिएका अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।कार्यक्रममा प्रदेश समन्वय परिषदको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयमा मुख्यसचिव केदार न्यौपाने र प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५ को मस्यौदाका विषयमा सचिव शेरजङ्ग कार्कीले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल
५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल
विश्वकप फुटबलको एसिया छनोट :  आज नेपाल र लाओस भिड्दै
विश्वकप फुटबलको एसिया छनोट : आज नेपाल र लाओस भिड्दै
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद
तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने
तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने
अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग
अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
ताराखोलामा श्रम रोजगार बैंक
ताराखोलामा श्रम रोजगार बैंक
गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार लगियो
गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार लगियो

तपाईंले छुटाउनुभयो कि?