कर्णालीमा जलयात्रा पर्यटन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कर्णालीमा जलयात्रा पर्यटन

सारांश

  • सुर्खेत, १ कात्तिक, गत शुक्रबार आठबीस नगरपालिका–१ डाव दैलेखका कर्णबहादुर रावत र उहाँकी श्रीमतीलाई चिया चाउचाउ नास्ता खुवाउन भ्याइनभ्याइ थियो ।
  • खासै यसअघि दुईचार स्थानीय ग्राहक आउने त्यस चिया पसलमा उक्त दिनको भीडले भने रावत दम्पती निकै दङ्ग थियो ।
  • त्यहाँ कर्णाली प्रदेश सरकार, आन्तरिक तथा विदेशी पाहुना पुगेका थिए ।

सुर्खेत, १ कात्तिक, गत शुक्रबार आठबीस नगरपालिका–१ डाव दैलेखका कर्णबहादुर रावत र उहाँकी श्रीमतीलाई चिया चाउचाउ नास्ता खुवाउन भ्याइनभ्याइ थियो ।

खासै यसअघि दुईचार स्थानीय ग्राहक आउने त्यस चिया पसलमा उक्त दिनको भीडले भने रावत दम्पती निकै दङ्ग थियो । त्यहाँ कर्णाली प्रदेश सरकार, आन्तरिक तथा विदेशी पाहुना पुगेका थिए ।

आजभोलि रावतझैँ कर्णाली नदी किनारमा रहेका अन्य होटल पसलमा पनि पाहुनाको राम्रै भीड लाग्छ । विगतभन्दा यस वर्ष त्यस क्षेत्रको व्यापार व्यवसाय पनि फस्टाएको छ । एक महीनादेखि कर्णाली नदी क्षेत्र र जलयात्राको सम्भावना अध्ययन गर्दै आएको नेपाल नदी संरक्षण संस्थाको टोली र केही विदेशी पर्यटक तीन दिनदेखि डावमै रहँदा स्थानीय व्यवसायीलाई रामै्र मुनाफा भएको थियो ।

डावमै पुगेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलसहितको सरकारी टोलीले सो दिन नदी संरक्षण संस्थाको टोलीसँग कर्णाली नदी किनारमै पालमा रात बितायो ।

शनिबार मुख्यमन्त्री शाहीले जलयात्राको विधिवत् उद्घाटन गरेसँगै कर्णाली नदीमा १० किलोमिटर जलयात्रा गर्नुभएको थियो जहाँ पर्यटनमन्त्री नन्दसिंह बूढासमेत सवार हुनुहुन्थ्यो । उक्त दिनदेखि कर्णालीमा औपचारिक रुपमै साहसिक खेल जलयात्राको सञ्चालन भएको छ ।

मुख्यमन्त्री शाहीले उतिबेलादेखि नै जीवनरेखा मानिने कर्णाली र बङ्गलादेश जोड्ने रेशमी मार्ग कायम गर्नेतर्फ अघि बढ्ने बताउनुभयो । खासगरी हिन्दू धर्मावलम्बीको राजधानी कैलाश मानसरोवरसँग जोडिएको सुवर्णभूमि कर्णालीको विकासका लागि प्रदेश सरकार गतिशील रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अब कर्णालीले दुःख होइन, यसले आफूसँग भएको चीज बेच्नुपर्छ ।” कर्णालीलाई डलर आम्दानीको स्रोत बनाउने र मानसिक रुपमा जकडिएको गरीबी हटाउने सोचको विकास हुन आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।”

मुख्यमन्त्री शाहीसहितको प्रदेश सरकारको आगमनले कर्णाली नदीमा जलविद्युत् दृष्टिले मात्र नभई साहसिक खेलसमेत आकर्षण बनेको छ । सरकारको यो कामले पर्यटन प्रवद्र्धन, कर्णाली नदीको प्राचीन इतिहासको उजागर, यहाँको जलजङ्गल र जमीनको उपयोगिता एवं उत्पादनमा वृद्धि भई आर्थिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बेलायती पर्यटक टोली टेलरले कर्णाली नदीको कञ्चन पानीमाथिको जलयात्राले स्वर्गीय आनन्द प्राप्त हुनाका साथै तनावमुक्त भएको बताउनुभयो । “नदीभित्रको माछा, किनारास्थितका वन क्षेत्र, उत्पादनयोग्य फाँट, मानवबस्ती, सांस्कृतिक वेशभूषा र सङ्घर्षशील जीवनका थुपै्र दृश्य कैदमात्र होइन, अध्ययन गर्ने अवसर मिल्दो रहेछ”, उहाँले भन्नुभयो, “अब यो अनुभव र अनुभूतियुक्त तस्वीरको सन्देश मेरो देशमा लिएर जान्छु ।”

आजभोलि सडकको छेवैमा धुँलाले पोतिएको होटेल तथा पसलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो तथा जलयात्रा गर्ने विदेशीको भीड लाग्न थालेको छ । गएको वर्ष जापानी टोलीले नदीमा जलयात्रा शुरु गरेको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विकले जानकारी दिनुभयो । “यस क्षेत्रमा अब होमस्टे सञ्चालनमा ल्याउने पहल भइरहेको छ”, वडाध्यक्ष विकले भन्नुभयो, “यसका लागि निजी लगानीकर्ता र कर्णाली प्रदेश सरकारसँग समन्वय गर्छौं ।” कर्णालीमा जलयात्रा गर्न र माछा मार्न विदेशी बढी आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्न थालेपछि अब यहाँ दूध, दही, माछामासुको माग बढ्न थालेको छ ।

सोही वडाका बासिन्दा हर्कबहादुर शाहीले भारतीय जिएमआर कम्पनीले माथिल्लो कर्णालीमा ९५० मेगावाट विद्युत् निकाल्ने जिम्मा लिए पनि सो परियोजना अलपत्र पारेको आरोप लगाउनुभयो । “कर्णालीबाट ९५० मात्र होइन, चार हजार मेगावाट विद्युत् निकाल्ने क्षमता छ”, शाहीले भन्नुभयो, “न यहाँ विद्युत् निकाल्ने काम अघि बढेको छ न त प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्ने काम नै ।”

उत्कृष्ट जलयात्रा र कायकिङ

नेपालका भोटेकोशी, त्रिशूली, गण्डकी, भेरीलगायत नदीमा साहसिक जलयात्रा गरिँदै आएको छ । कर्णाली विश्वमा जलयात्रामा पाँचाँै र कायकिङमा तेस्रो उत्कृष्ट नदीका रुपमा मानिन्छ । कर्णाली नदी जलयात्रामा मात्र सम्भाव्य नभई बहुआयामिक क्षेत्रको महत्व राख्दै आएको नेपाल नदी संरक्षण समितिका अध्यक्ष मेघ आले बताउनुहुन्छ ।

“विश्वका धेरै देशमा कर्णाली नदी सुरक्षित, सरल, प्राकृतिक आनन्द दिने र कम जोखिम छ”, अध्यक्ष आले भन्नुहुन्छ, “यसको प्रवद्र्धनमा कर्णाली प्रदेश सरकार अनवरत लाग्नुपर्छ ।” कर्णालीको प्रचारप्रसार व्यापक गर्न सके यसमा जलयात्रा गर्ने स्वदेशी विदेशी पर्यटकको घुइँचो लाग्ने उहाँको विश्वास छ ।
पर्यटनविद् प्रेम शर्माले कर्णाली नदीको पानी र सुन्दरतामा संसारका अर्बौं मान्छेले आँखा गाडेको बताउनुभयो । उहाँले कर्णालीलाई विश्व सम्पदाका रुपमा स्थापित गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुुभयो ।

कैलाश–बुद्ध मार्ग

नेपालको सबैभन्दा लामो नदी कर्णालीले उत्तरमा भोटे, मध्य क्षेत्रमा खस, राउटे, क्षत्रीदेखि तराईका चौधरी, थारूसमेतको रहनसहन, वेशभूषा र धर्मसंस्कृति बोकेको छ । नेपाल नदी संरक्षण संस्थाले अध्यक्ष आलेसहित स्वयंसेवकका रुपमा काम गर्दै आउनुभएका भूगर्भविद् बेरेन केनेटको टोलीले मानसरोवर कैलाश र बुद्धभूमि लुम्बिनी जोड्ने विकासको नमूना आवश्यक रहेको औँल्याएको छ ।

सबै खालको हावापानी र मानव बस्ती समेटिएको विविधतायुक्त यो नदीबारे
टोलीले भनेको छ, “कर्णाली नदी प्रदेश समृद्धिमा सहयोग पु¥याउने कर्णाली प्रदेशको मुख्य सम्पदा हो । यसको संरक्षण र बजारीकरण गर्न सरकारले विशिष्ट खालको योजना निर्माण गर्नुपर्छ ।”

पहिराको जोखिममा बस्ती

हिल्साबाट नेपालको हुम्ला हुँदै बगेर आउने कर्णालीसँग जोडिएको भिरालो जमीनमा मानव बस्ती छ । मूलतः तिब्बतदेखि कर्णालीको अध्ययन गर्दै आउनुभएका भूगर्भविद् बेनेटले कर्णालीका भिरालो जमीनमा रहेका बस्ती सबै जोखिममा रहेको बताउनुभएको छ । “हिमालय पर्वतदेखि महाभारत शृङ्खलासम्मका बस्ती चलायमान छन्” बेनेट भन्नुहुन्छ, “अबको छसात दशकभित्र यी बस्ती कर्णाली नदीमा खस्ने प्रबल सम्भावना छ ।” त्यसबाट सजग रहन र पूर्वसावधानी अपनाउन उहाँले सुझाव दिनुभएको छ ।

उहाँ अगाडि भन्नुहुन्छ, “कर्णाली प्राचीन नदी हो । यो नदी तिब्बतीय पठार हुँदै हिल्साबाट बगेर आएका सबै चीज महाभारत पर्वतमा थेग्रिएका छन् । बाटो खन्ने, जलविद्युत् आयोजना, सुरुङमार्ग निर्माणलगायत विकासका काम गर्दा भूभागको अध्ययन आवश्यक छ ।” उहाँका अनुसार हिमालय पर्वत बन्नुपूर्व नै कर्णाली बग्ने शुरु गरेको अनुमान छ । कर्णालीमा करीब १५० किलोमिटर जलयात्रा गर्न सकिने जानकार बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद (सूचीसहित)
जित पछी बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..
जित पछी बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..
पारस खड्काले छोडे राष्टिय क्रिकेट टिमको कप्तानी
पारस खड्काले छोडे राष्टिय क्रिकेट टिमको कप्तानी
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता
झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै
राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै
हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह
हरेक विजनेशलाई डिजिटलाइज गर्न महिला उद्यमीको आग्रह
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप
उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप

तपाईंले छुटाउनुभयो कि?