एक सिंगे गैंडा जोगाउन फुटबल प्रतियोगिता

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
एक सिंगे गैंडा जोगाउन फुटबल प्रतियोगिता

सारांश

  • नवलपरासी ।
  • एकसिंगे गैँडा जोगाउन पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ ।
  • भोलि बिहीबारदेखि आगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा फुटबल प्रतियोगिता हुनेछ ।

नवलपरासी । एकसिंगे गैँडा जोगाउन पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । भोलि बिहीबारदेखि आगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा फुटबल प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर, विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

वर्षेनी एकसिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिले प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा जित्नेले ४ लाख ९९ हजार ५५५ रुपैयाँ नगद सहित पुरस्कार तथा आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले २ लाख ५० हजार ५५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ दिइनेछ । गैंडा संरक्षण, वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकुद र पर्यटनको विकास गर्न प्रतियोगिता गर्दै आएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्र्याउदैं
म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्र्याउदैं
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ७ करोड २४ लाख रपैयाँ गायब
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ करोड २४ लाख रपैयाँ गायब
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
रुसी सेना युक्रेनको किभबाट पछि हट्दै
रुसी सेना युक्रेनको किभबाट पछि हट्दै
निर्मला पन्त हत्या प्रकरण:आरोपित विष्टलाई काठमाडौं ल्याइयाे
निर्मला पन्त हत्या प्रकरण:आरोपित विष्टलाई काठमाडौं ल्याइयाे
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र

तपाईंले छुटाउनुभयो कि?