२२ तले धरहरा निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
५५ पटक हेरिएको
Shares
२२ तले धरहरा निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु

सारांश

  • काठमाण्डौ, २० कात्तिक ।
  • ०७२ को भूकम्पले क्षतिग्रस्त धरहरा अब भने पुनर्निर्माण हुने पक्का भएको छ ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई बर्ष भित्र धरहरा निर्माण गर्ने शर्तमा जी आई ई टीसी र रमन जेभीलाई निर्माणको जिम्मा दिएपछि कामको गति समेत तीव्र पारिएको छ ।

काठमाण्डौ, २० कात्तिक । ०७२ को भूकम्पले क्षतिग्रस्त धरहरा अब भने पुनर्निर्माण हुने पक्का भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई बर्ष भित्र धरहरा निर्माण गर्ने शर्तमा जी आई ई टीसी र रमन जेभीलाई निर्माणको जिम्मा दिएपछि कामको गति समेत तीव्र पारिएको छ ।पहिलोपटक प्रधानमन्त्री  हुँदा प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा र भुकम्प गएको तीन वर्ष बितिसक्दा पनि अभियानले गति पाउन सकेको थिएन । दोस्रो पटक प्रधानमन्त्री भएको ८ महिनापछि अब भने सो अभियानले पूर्णता पाउने भएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रवतmा राजुमान मानन्धरका अनुसार धरहरा पुरानै शैलीमा आधुनिक किसिमले निर्माण गरिने छ । उनले ४२ रोपनी क्षेत्रफलमा ३ अर्ब ४८ करोडको लागतमा धरहरा निर्माण गरिने जानकारी दिएका छन् । मानन्धरले कुनै किसिमको अवरोध नभएमा दुई बर्षभित्र निर्माण सम्पन्न गरिने दाबी गरेका छन् । अब बन्ने धरहरामा दुई लिफ्ट हुनेछन्। धरहरा चढ्न लिफ्टका साथै र्भयाङ पनि हुनेछ । हलभित्र भूकम्प, धरहरा सम्बन्धी पाउने भिडियो हुनेछ । धरहराको भुइँतलामा पार्किङको व्यवस्था हुनेछ । धरहरा निर्माणको जिम्मा पाएको जीआईईटीसी र रमन जेभीले निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु गरिसकेका छन ।

अहिले ती उपकरण र सामग्री काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा राखिएको छ । धरहरामा अहिले स्थलगत सरसफाई तथा साइट क्लियरेन्सल कामहरु भइराखेको छ । २२ तलाको धरहरा ६९ दशमलव २ मिटर अग्लो हुनेछ । धरहरा निर्माण भइसकेपछि सञ्चालनका र व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा दिइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारी कारवाहीकाे सिफारिसमा
‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’ : ५ सय ३० कर्मचारी कारवाहीकाे सिफारिसमा
‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन
‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन
‘S’ बाट नाम सुरु हुनेले अवश्य पढ्नुहोस, के छ रहस्य ?
‘S’ बाट नाम सुरु हुनेले अवश्य पढ्नुहोस, के छ रहस्य ?
सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती रहेकाे सभामुख महराकाे भनाइ !
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि आइपिओ निष्कासन गर्ने
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना
नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !
नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
सुन्तला बिक्रीबाट जिल्लामा भित्रियो रु ३८ करोड
सुन्तला बिक्रीबाट जिल्लामा भित्रियो रु ३८ करोड

तपाईंले छुटाउनुभयो कि?