माइनस ७ डिग्री जाड़ोका कारण बरफ जमेको पानीमा मनाइयो छठ

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०७५
|
|
६५ पटक हेरिएको
Shares
माइनस ७ डिग्री जाड़ोका कारण बरफ जमेको पानीमा मनाइयो छठ

सारांश

  • काठमाडाै, २ मंसिर।
  •    सात समुद्र पारी अमेरिकामा  लोक आस्थाको महापर्व छठ मनाइएको छ ।
  • यो लोक-पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्युयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरू द्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा छठ आयोजन गरेका थिए ।

काठमाडाै, २ मंसिर।   सात समुद्र पारी अमेरिकामा  लोक आस्थाको महापर्व छठ मनाइएको छ । यो लोक-पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्युयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरू द्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा छठ आयोजन गरेका थिए ।

११ नोवेम्बर का दिन “नहाय खाय” बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजाआजा गरेर मनाइयो। १३ नोवेम्बर का दिन “सँझिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र १४ नोवेम्बेर बिहान का दिन उग्दै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो। न्यूयोर्क महानगर, बोस्टन, कनेटिकट का मधेशी समुदाय का साथै विश्वभरीका छठ पर्वमा आस्था राख्नेहरुको बाक्लो उपस्थिति रहेकाे थियाे। भारी हिमपातका बीच पनि करीब ७५ श्रद्धालुहरुले सूर्य भगवानको पूजा गरे। चाखलाग्दो कुरा के रह्यो भने माइनस ७ डिग्री जाड़ोका कारण जमिसकेको पोखरीलाई हीटर लगाएर पगालियेको थियो। “दौरा”, “सूप”, नांग्लो, “बहंगी”, इत्यादिको व्यवस्था अमेरिकामा रही आएका गयाना देशका समाजले गरेको थियो। छठ व्रतालु सिम्रौनगढ़ की निर्मला सिंहले जमेको पोखरीमा गएर सूर्य देवीलाई अर्घ्य दीइन। बिहार, उतर प्रदेश, पश्चिम बंगाल, दिल्ली का साथै दक्षिण भारतीयहरू र स्थानीय अमेरिकीहरुले समेत सूर्य भगवान लाई नमन गरेका थिए।

विश्वमा मधेसी संस्कृति र कला पहिचानको संवर्धनका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, र छठ पर्व का संजोयक प्रशान्त साह को अगुवाईमा ५१ सदस्यीय कमिटी बनाइएको थियो। विभिन्न कार्यक्रम मार्फत नेपाली मधेशी सँस्कृतिलाई विश्व सामु चिनाउन अग्रसरताका साथै नेपाल मधेश मा हर संभव सहयोगको प्रतिबद्धताका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिका संधै साथ रही रहने कुराको जानकारी विजय चंद्रले गराउनु भयो ।      

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी माफियाको चक्करमा फसेकै हुन् त डा. गोविन्द केसी ?
विदेशी माफियाको चक्करमा फसेकै हुन् त डा. गोविन्द केसी ?
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
विहे अघि रणवीर कपुर र आलिया भट्ट लिभिङ टुगेदरमा !
विहे अघि रणवीर कपुर र आलिया भट्ट लिभिङ टुगेदरमा !
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
नेपाली सेनालाई स्वर्ण पदक !
नेपाली सेनालाई स्वर्ण पदक !
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
विवाद चर्कीएपछि फिर्ता बोलायो शपथ ग्रहण गर्न गएका सांसदलाई
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी

तपाईंले छुटाउनुभयो कि?