सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २७, २०८१
|
|
५६ पटक हेरिएको
Shares
सरकार निर्मम रुपमा प्रस्तुत हुने गृहमन्त्री लेखकको चेतावनी

सारांश

  • काठमाडौं।
  • गृहमन्त्री रमेश लेखकले साइबर अपराध र घृणात्मक अभिव्यक्तिको विरुद्धमा सरकार निर्मम रुपले अगाडि बढ्ने चेतावनी दिएका छन्।
  • आज (बिहीबार) काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यक्तिको चरित्रहत्या गर्ने, समाजमा द्वन्द्व बढाउने, विशेष, भूगोल, धर्म र भाषाका बीचमा विद्वेष फैलाउने र समाजलाई गलत ढंगले प्रभावित पार्ने गतिविधिविरुद्ध सरकार निर्मम रुपले प्रस्तुत हुने बताएका हुन्।

काठमाडौं। गृहमन्त्री रमेश लेखकले साइबर अपराध र घृणात्मक अभिव्यक्तिको विरुद्धमा सरकार निर्मम रुपले अगाडि बढ्ने चेतावनी दिएका छन्।

आज (बिहीबार) काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यक्तिको चरित्रहत्या गर्ने, समाजमा द्वन्द्व बढाउने, विशेष, भूगोल, धर्म र भाषाका बीचमा विद्वेष फैलाउने र समाजलाई गलत ढंगले प्रभावित पार्ने गतिविधिविरुद्ध सरकार निर्मम रुपले प्रस्तुत हुने बताएका हुन्।

‘साइबर क्राइममा खासगरी घृणात्मक अभिव्यक्तिहरू बढिरहेको छ। कसैको व्यक्तिको चरित्रहत्या गर्ने, समाजमा द्वन्द्व बढाउने, भूगोल, धर्म र भाषाको बीचमा विद्वेष फैलाउने र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढिरेहेको छ। अपराध नियन्त्रणका लागि कुनै पनि खालको सम्झौता नगरी निर्मम ढंगले प्रस्तु हुन आवश्यक छ,’ उनले भने।

विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहे पनि संविधानकै कारण मुलुक समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको उनको भनाइ थियो।

गृहमन्त्री लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकतासमेत औंल्याए। गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता मुलुकले अङ्गीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढाइनुपर्नेमा जोड दिए।

मुलुकको शान्ति सुरक्षाको अवस्थामा खासै ठूलो चुनौती नभए पनि अपराधका नयाँ आयामले चिन्ता थपेको उनको भनाइ छ।

‘परम्परागत अपराध नियन्त्रणका लागि त निरन्तर काम गर्नु परिरहेको छ, तर अहिले लागुऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर अपराध चुनौतीपूर्ण ढङ्गले देखापरेका छन्, यसलाई न्यूनीकरण गर्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ,’ गृहमन्त्री लेखकले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
आजको विदेशी मुद्रा विनिमयदर यस्तो छ
आजको विदेशी मुद्रा विनिमयदर यस्तो छ
भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि
भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप
सरकार र सिके राउतबीच भएको सहमतिपछि राजनीतिमा नयाँ तरंग
सरकार र सिके राउतबीच भएको सहमतिपछि राजनीतिमा नयाँ तरंग
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने
सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने
कोरोना अपडेटः संक्रमित एक करोड ५ लाख नाघ्यो, मृतक ५ लाख १३ हजार
कोरोना अपडेटः संक्रमित एक करोड ५ लाख नाघ्यो, मृतक ५ लाख १३ हजार
बलिउड स्टारका गिनिज रेकर्ड
बलिउड स्टारका गिनिज रेकर्ड

तपाईंले छुटाउनुभयो कि?