राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र

सारांश

  • काठमाडौ, ६ मंसिर।
  • रोजगारीको सिलसिला, व्यापार व्यवसाय, अध्ययन तथा विभिन्न कामको लागि विदेशमा रहेका नेपालीहरुलाई नेपालको हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले प्रमुख निर्वाचन आयुक्तलाई आज ज्ञापनपत्र बुझाएको छ ।
  • प्रवास विभागका प्रमुख विजय खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेको प्रतिनिधीमण्डलले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौ, ६ मंसिर। रोजगारीको सिलसिला, व्यापार व्यवसाय, अध्ययन तथा विभिन्न कामको लागि विदेशमा रहेका नेपालीहरुलाई नेपालको हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले प्रमुख निर्वाचन आयुक्तलाई आज ज्ञापनपत्र बुझाएको छ । प्रवास विभागका प्रमुख विजय खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेको प्रतिनिधीमण्डलले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै यादवले विदेशमा रहेका लाखौं नेपालीहरुलाई मतदानमा संलग्न गराउनको लागि निर्वाचन आयोग अत्यन्तै सकारात्मक रहेको र नेपाल सरकारले आवश्यक कानुन निर्माण गरेपछि सोको लागि निर्वाचन आयोगले गर्नुपर्ने कार्यहरु थालीने बताउनुभयो । प्रवासमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउनुपर्छ भनेर निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने पहिलो पार्टी राप्रपा भएकोले प्रतिनिधीमण्डललाई धन्यवाद दिंदै प्रमुख आयुक्त यादवले यस सम्बन्धी कानुनको निर्माण गर्न राज्य समिति तथा नेपाल सरकारलाई अग्रह गरिने बताउनुभयो । प्रमुख आयुक्त अयोधी प्रसाद यादव तथा निर्वाचन आयुक्तहरुसँग यसबारेका लामो अन्तरक्रिया समेत भएको प्रवास विभाग प्रमुख विजय खड्काले बताउनुभयो । 

राप्रपा प्रवास विभागद्वारा आयोगमा बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ यसप्रकार छ– ‘मतदानको अधिकार प्रत्येक वालिग नागरिकको मौलिक तथा संविधान प्रदत्त अधिकार हो । हरेक आवधिक निर्वाचनमा आफ्नो मत जाहेर गर्न पाउने प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार हो । तर अध्ययन वा पेशाको लागि वाध्यतावश नेपालको हालको अवस्थामा करिब चालिस लाख नेपाली वैदेशिक रोजगारीका क्रममा विभिन्न १२२ मलुकमा कार्यरत रहेको आँकडा छ । त्यसरी कुल मतदाता संख्याको उल्लेख्य र सचेत नागरिकको ठूलो हिस्सा मतदान गर्नबाट बञ्चित रहेको कटु यथार्थ हो । त्यसै वास्तविकतालाई दृष्टिगत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सभाको निर्वाचन देखि नै सार्थक निर्वाचनको लागि विदेशमा रहेका चालिस लाख नेपालीहरुलाई मतदानमा सहभागी गराउनको लागि जोडदार रुपमा माग राख्दै आएको कुरा स्मरण गराउँदछु । विश्व सन्दर्भलाई नियाल्दा विश्वका अन्य ११५ देशले पनि आप्रवासी कामदार समेतलाई मतदानको व्यवस्था मिलाएको देखिन्छ । सूचना प्रविधिको उच्चतम विकास र त्यसको सदुपयोगबाट विदेशमा रहेका नेपालीलाई समेत यो सुविधा दिन सम्भव देखिन्छ । त्यसमा पनि संघीय र प्रदेश निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिरहेको अवस्थामा विदेशमा रहेका आफ्ना नागरिककलाई विना भेदभाव मतदानको अधिकार प्रदान गर्न लोकतान्त्रिक सरकार र संवैधानिक अंगको प्रमुख कर्तब्य पनि हो ।

यसै सन्दर्भमा गत २०७४ चैत्रमा सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुले पनि स्वदेशको निर्वाचन मतदाता हुन पाउने भनि गरेको परमादेश युगान्तकारी रहेको छ । त्यस बमोजिम आवश्यक अध्ययन, कानुन निर्माण, श्रोत व्यवस्थापन लगायतका काम अहिलेदेखि नै शुरु गर्न सकिएमा विदेशमा रहेका नेपालीले पनि आगामी चार बर्षपछि हुने निर्वाचनमा मतदान गर्ने अवसर सुनिश्चित हुनेछ ।उपरोक्त सम्बन्धमा नेपालको संविधानको भावना, विदेशमा रहेका नागरिकको आफ्नो प्रतिनिधि छान्ने तिव्र अभिलाशा, नागरिकको मौलिक अधिकार तथा सर्वोच्च अदालतको आदेशलाई दृष्टिगत गर्दै प्रवासमा रहेका नेपालीहरुले आगामी निर्वाचनहरुमा मतदान गर्न पाउने अधिकार यथासिघ्र सुनिश्चित गर्न आवश्यक तयारी समयमा नै गर्नका लागि नेपाल सरकार र निर्वाचन आयोगलाई आग्रह गर्दै राप्रपा, प्रवास बिभागको तर्फबाट यो ज्ञापन पत्र पेश गरिएको छ ।’ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक
कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
यस्ताे छ चीनको आर्थिक प्रगति !
छुटेका दलको दबावमा मतमत्र छपाइ स्थगित
छुटेका दलको दबावमा मतमत्र छपाइ स्थगित
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं

तपाईंले छुटाउनुभयो कि?