नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ११, २०७५
|
|
५३ पटक हेरिएको
Shares
नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती

सारांश

  • नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भ्रष्ट भनेर मानहानी गरेको भन्दै अदालत जानसक्ने चेतावनी दिएका छन्।
  • रिपोटर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै झाले नेकपाका नेताहरुले भ्रष्ट भनेर गरेको टिप्पणीले आफ्नो चरित्र हत्या भएको भन्दै अदालत जानसक्ने बताएका हुन्।
  •   ‘मेरो प्रतिष्ठामा आँच आयो।

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भ्रष्ट भनेर मानहानी गरेको भन्दै अदालत जानसक्ने चेतावनी दिएका छन्। रिपोटर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै झाले नेकपाका नेताहरुले भ्रष्ट भनेर गरेको टिप्पणीले आफ्नो चरित्र हत्या भएको भन्दै अदालत जानसक्ने बताएका हुन्।  ‘मेरो प्रतिष्ठामा आँच आयो। चरित्र हत्या भयो। मेरो मानहानी भयो। यसको लागि म भोलि अदालत गएर न्याय माग्न सक्छु। मानहानीको क्षतिपूर्ति पनि माग्न सक्छु’ झाले भने, ‘राम्रो काम गर्नेको यो देशमा कहिल्यै पनि भलो हुँदैन।’

उनले सतिले सरापेको देश भन्ने फेरि एक पटक प्रमाणित भएको दाबी पनि गरे। नेकपाका ४३ जना केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विवादित अध्यक्ष झालाई प्राधिकरणबाट हटाउन माग गरेका थिए। सो विषयमा नेकपाको जारी स्थायी कमिटीका बैठकमा निकै चर्चा भइरहेको छ। नेकपाको स्थायी समितिको बैठकमा समेत विभिन्न नेताहरुले आफूलाई गलत आरोप लगाएको कुरा मिडियामार्फत बाहिर आएको टिप्पणी गर्दै उनले यसले आफू मर्माहत र खिन्न भएको गुनासो गरे।

‘म निकै दुःखी भएको छु। त्यतिमात्रै होइन, मसँग सम्मानीय प्रधानमन्त्री र माननीय मन्त्रीज्यूको नामसमेत जोडिएको छ। उहाँहरुबीच आपसमा केही राजनीतिक कुरा भए गर्दा हुन्छ, हामीलाई केही फरक पर्दैन्’ उनले भने, ‘तर मजस्तो एउटा कर्मठ र ईमान्दार राष्ट्रसेवकलाई खुलेआम सञ्चारमाध्यमहरुमा भ्रष्टाचारी सावित गर्नु, जबकी कुनै आरोप नै छैन्। यो दुःखको कुरा हो।’

झाले नेकपाभित्रका आन्तरिक राजनीतिको गोटीका रुपमा आफूलाई प्रयोग गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले गरेको सबै निर्णय खारेज गर्दा झालाई बर्खास्त गरिएको थियो। तर पछि झालाई नै नियुक्त गरेपछि नेकपाभित्र विवाद सिर्जना भएको छ।

गत असार २१ गते अघिल्लाे वर्ष भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने सरकारको निर्णयपछि झा पनि बर्खास्तीमा परेका थिए। त्यसलगत्तै अदालमा पुर्नवहाली माग गर्दै गएका झालाई सरकारले थमौति गरिदिएपछि मुद्दा फिर्ता लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी प्रचारमा व्यस्त छन् : उम्मेदवार र कार्यकर्ता
चुनावी प्रचारमा व्यस्त छन् : उम्मेदवार र कार्यकर्ता
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
कोरोना भाइरस (कोभिड-१९) र यसबाट बालबालिकामा पर्न सक्ने दुरगामी प्रभाव
कोरोना भाइरस (कोभिड-१९) र यसबाट बालबालिकामा पर्न सक्ने दुरगामी प्रभाव
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
मोरङ-६ बाट शेखर कोइराला विजयी
मोरङ-६ बाट शेखर कोइराला विजयी
पत्रकार भुसालको निधन रहस्यमय
पत्रकार भुसालको निधन रहस्यमय
यस्ताे छ आजको विदेशी मुद्रा विनिमय दर
यस्ताे छ आजको विदेशी मुद्रा विनिमय दर

तपाईंले छुटाउनुभयो कि?