उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०७५
|
|
५८ पटक हेरिएको
Shares
उत्तर कोरियाबाट पलायन व्यक्तिका गोप्य विवरण सार्वजनिक

सारांश

  • काठमाडौँ,१३ पुस ।
  • उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् ।
  • कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी ह्याक भएको जनाएको छ ।

काठमाडौँ,१३ पुस । उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी ह्याक भएको जनाएको छ ।

उत्तर कोरियाबाट पलायन भएर दक्षिण कोरियामा बसोबास गरिरहेका ९९७ जनाको नाम, जन्ममित र ठेगाना सार्वजनिक भएको छ ।

मन्त्रालयले भनेको छ, “उत्तरी ग्योनसाङ प्रान्तको हाना केन्द्रमा रहेको एउटा कम्प्युटर ह्याक भएको थाहा पाएपछि प्रान्तीय सरकारसँगको सहयोगमा डिसेम्बर १९ मा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त कम्प्युटरमा व्यक्तिका गोपनीय जानकारी रहेको फाइल चोरी भएको थाहा भयो ।”

मन्त्रालयका अनुसार उत्तर कोरियाबाट पलायन भएका व्यक्तिका गोप्य जानकारी यतिठूलो संख्यामा सार्वजनिक भएको यो पहिलो पटक हो ।

व्यक्तिगत विवरण सार्वजनिक भएका व्यक्तिलाई उक्त घटनाका बारेमा जानकारी गराइएको मन्त्रालयले बताएको छ । साइबर आक्रमणमा जिम्मेवार व्यक्तिका बारेमा अनुसन्धान थालिएको छ । मन्त्रालयले छानबिनमा प्रहरीको सहयोग लिइएको बताउँदै आगामी दिनमा हुनसक्ने ह्याकका बारेमा सचेतता अपनाइने बताएको छ ।

सरकारले तथ्याङ्क भण्डारका लागि प्रयोग हुने कम्प्युटरलाई इन्टरनेटको पहुँचबाट टाढा राख्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’
माओवादीका भाग्यमानी नेताहरु : जो बन्दैछन् समानुपातिक कोटाबाट सांसद  (१७ जनाकै नामसहित)
माओवादीका भाग्यमानी नेताहरु : जो बन्दैछन् समानुपातिक कोटाबाट सांसद (१७ जनाकै नामसहित)
कजाखस्तानमा यात्रुवाहक विमान उडेको केही बेरमै ’घरमा गएर जोतियो’
कजाखस्तानमा यात्रुवाहक विमान उडेको केही बेरमै ’घरमा गएर जोतियो’
डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश
डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश
अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी
अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
कालोसूचीमा ऋणीको संख्या बढ्दै
डीएसपी ले ‘वाकिटाकी’ले प्रहार गर्दा महिला घाइते
डीएसपी ले ‘वाकिटाकी’ले प्रहार गर्दा महिला घाइते

तपाईंले छुटाउनुभयो कि?