Thursday, May 2
Shadow

शिक्षा

शिक्षा मन्त्रालयको अन्योलले विद्यार्थी मारमा

शिक्षा मन्त्रालयको अन्योलले विद्यार्थी मारमा

शिक्षा
 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विद्यार्थी भर्ना वा अनलाइन पठनपाठनको नाममा कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दियो । निर्देशनमा अर्को निर्णय नहुँदासम्म कुनै पनि तहमा विद्यार्थी भर्ना नगर्नसमेत भनिएको छ । तर, लकडाउनका बेला के गर्ने भनेर शिक्षा मन्त्रालयले स्पष्ट खाका तयार पार्न नसक्दा विद्यार्थी र अभिभावक अन्योलमा देखिन्छन् । नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी भन्छन्, ‘शिक्षा मन्त्रालयको द्विविधाले अभिभावक र विद्यार्थीलाई लकडाउनले जस्तै उकुसमुकुस पारेको छ ।’ निजी विद्यालय सञ्चालकहरूले पनि मन्त्रालयको निर्देशनले आफूहरू अलमलमा परेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी मन्त्रालयको पछिल्लो निर्देशन शिक्षा मन्त्रीको दुई दिनअघिको भनाइसँग बाझिएको बताउँछन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २...
अनलाइन कक्षा निर्देशिका जारी

अनलाइन कक्षा निर्देशिका जारी

शिक्षा
काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको छ । त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्देशिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् । जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने र नगरे कारवाही गरिने निर्देशिकामा उल्लेख छ । ‘विद्यार्थीहरूले शिक्षकहरूसँग सम्वाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ । कसैलाई पनि अनादर गर्नुहुँदैन’ निर्देशिकामा भनिएको छ ।कक्षामा सहभागी हुँदा शिक्षक र विद्यार्थीले अनिवार्य औपचारिक पोशाक लगाउनु पर्ने, विद्यार्थी र शिक्षकले अनलाइन कक्षामा प्रयोग गरिएका सामग्री फेसबुकमा सार्वजनिक गर्न नपाइने भनिएको छ ।पूर्णकालीन शिक्षकहरूले विश्वविद्यालयको विभाग, स्कुल ...
 कहिले होला त एसईई परीक्षा ? सरकार भन्छ– लकडाउन खुलेको तीन सातापछि

 कहिले होला त एसईई परीक्षा ? सरकार भन्छ– लकडाउन खुलेको तीन सातापछि

शिक्षा, समाज
 काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तिम समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि झण्डै पाँच लाख विद्यार्थी अन्योलमा छन् । परीक्षा स्थगित भएको एक महिना पुगिसक्यो । तर, न लकडाउन खुल्ने संकेत देखिन्छ, न तत्काल परीक्षा गर्ने अवस्था छ । पछिल्लोपटक सरकारले गरेको निर्णयअनुसार वैशाख १५ सम्म लकडाउन कायम रहनेछ । त्यसपछि पनि लकडाउन खुल्ने/नखुल्ने यसै भन्न सकिन्न । यसले परीक्षाको तयारीमा रहेका विद्यार्थी र अभिभावकमा एसईई परीक्षा के हुन्छ भन्ने चासो बढेको छ । सरकारको अहिलेसम्मको तयारी हेर्दा ढिलो चाँडो परीक्षा गर्ने नै देखिन्छ । परीक्षा गर्नुको विकल्प पनि छैन । परीक्षा कहिले र कसरी गर्ने भन्ने विषयमा राय दिन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा कार्यदल नै बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको अहिलेसम्मको ...
विद्यार्थीलाई हात चिर्न लगाउने जागृति एकेडेमीकी शिक्षिका कर्माचार्य पक्राउ

विद्यार्थीलाई हात चिर्न लगाउने जागृति एकेडेमीकी शिक्षिका कर्माचार्य पक्राउ

शिक्षा, स्वास्थ्य
२४ फागुन, काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो । वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो।‘शिक्षिका कर्माचार्यलाई हामीले नियन्त्रणमा लिएका छौं। उनीमाथि अभद्र वा अमानविय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि टुंगो लाग्छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने। उनले १५ नम्बरभन्दा कम नम्बर आएका विद्यार्थीको हात चिर्न लगाएको आरोप छ। विद्यार्थीका हातमा एकभन्दा धेरै ठाउँमा ब्लेडले चिरा पारेपछि घटना बाहिर आएको थियो। कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ ।  ...