Sunday, May 5
Shadow

जीवनशैली

आँगनकै जडीबुटी शरीरलाई उपयोगी

आँगनकै जडीबुटी शरीरलाई उपयोगी

जीवनशैली
काठमाडाैं, १ चैत । आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ । गाेरखापत्र दैनिकमा खबर छ । वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन सक्ने प्रस्ट्याउनुभयो । पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीका घरमा विविध जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन । चिकित्सक शर्माका अनुसार गाउँघरतिर प्रयोग हुने जडीबुटीको प्रयोगमा चेतना जगाउनुपर्छ । उहाँले सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पा...
काेराेनाबाट यूएईमा एक नेपालीकाे मृत्यु, मृत्युपछि भयाे कोरोनाकाे पुष्टि

काेराेनाबाट यूएईमा एक नेपालीकाे मृत्यु, मृत्युपछि भयाे कोरोनाकाे पुष्टि

अन्तर्राष्ट्रिय, जीवनशैली
यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कार्यरत एक नेपाली महिलामा मृत्युपछि उहाँकाे मृत्यु कोरोनाबाट भएकाे पुष्टि भएको छ । १० वर्षदेखि यूएईमा कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृतकका आफन्तबाट प्राप्त कागजमा मृत्युको कारण कोरोना उल्लेख भएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार सोमबार साँझसम्म बिनुको मृत्युको कारण कोरोनाको कारण हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।   बिहीबार साँझ खाना खाएर सुत्नुभएकी बिनु शुक्रबार मृत भेटिनुभएको थियो । कोठाबाटै प्रहरीले शव उठाएको थियो । तर उहाँको नाम मृत्युहुँदा सम्म पनि कोरोना सङ्क्रमितको सूचिमा थिएन भने शुक्रबार मृत्युको कारण पनि खुलेको थिएन । तर सोमबार दुबईको अल रशिद अस्पतालले बिनुको मृत्युको ...
फाेन लाग्नेवित्तिकै सुनिन्छ, अनिता विन्दुकाे ‘काेराेना’बारे सचेतनाकाे सन्देश

फाेन लाग्नेवित्तिकै सुनिन्छ, अनिता विन्दुकाे ‘काेराेना’बारे सचेतनाकाे सन्देश

जीवनशैली
अनिता विन्दु नेपाल पत्रकार महासंघकी निवर्तमान उपाध्यक्ष हुन् ।  काठमाडौ । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो । पटक–पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ । टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्छ । सन्देशमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलिकमको सचेतनामूलक सन्देशमा आवाज दिएकी छिन् । प्रत्येक पटक फोन गर्दा कोरोनाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । टेलिकमको ...
चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द

जीवनशैली
काठमाडौं । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्रीले बताए । ...
यौनको मामिलामा ‘विश्वगुरु’ प्राचीन भारत

यौनको मामिलामा ‘विश्वगुरु’ प्राचीन भारत

जीवनशैली
एजेन्सी । ‘कामसुत्र’का रचयिता वात्स्यायनभन्दा सयौँ वर्ष अघि ग्रीक साहित्यमा यौनको अवधारणामाथि व्यापाक वहस भएको थियो । ग्रीक दार्शनिक प्लेटोले यौनलाई ‘अरुमाथि अधिकार जमाउने आकाङ्क्षा’ भनेका छन् । ग्रीक नाटककार अरिस्टोफैन्सले ‘सिम्पोजियम’मा एउटा यस्तो समयको उल्लेख गरेका थिए जब मानव जगत आफैमा परिपूर्ण हुने गथ्र्यो र उसलाई अरु कसैको आवश्यकता पर्दैनथ्यो । यसको परिणाम मानिसहरु अत्यधिक शक्तिशाली भए र देवतालाई समेत चुनौती दिन लागे । तर देवताका राजा जिउसले मानिससँग लड्ने उपाय निकाले र मानवलाई पुरुष र स्त्री दुई भागमा बाँडिदिए । यसको नतिजा मानिस सिधा उभिन थाले र दुई खुट्टामा हिँड्न लागे । त्यस्तै तिनको अङ्ग विभाजित हुन लागे । प्लेटोको विचारमा हाम्रो यही अपुरोपनले हामीमा दोस्रो हिस्साको चाहना प्रबल भयो । प्लेटो सेक्सलाई पूर्णताको मागको रुपमा व्याख्या गर्छन् । हामी आफूसँग नभएका हर...
रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने ‘चमत्कारी’ ‘ड्रागनफल

रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने ‘चमत्कारी’ ‘ड्रागनफल

जीवनशैली
ड्रागनफलको परिचय, महत्व, तथा नेपालमा यसको खेती गर्ने तरिकासहित ड्रागनफल परिचय दक्षिण र मध्य अमेरिकामा उत्पत्ति भएको क्याक्टस (Cactus) प्रजातिको, झट्ट हेर्दा बोट सिउँडीको जस्तै देखिने बहुउपयोगी वनस्पतिको नाम हो ड्रागनफल । यसलाई पिताया (Pitaya) र पितानाया (Pitanaya) पनि भनिन्छ । नेपालमा यसलाई ड्रागनफल, सिउँडी फल र कतै कतै सिम्थीफल पनि भन्ने गरिएको पाइन्छ । यसको वैज्ञानिक नाम हाइलोसेरियस अनडाइटस (Hylocereus undatus) हो भने यसको फ्यामिली नाम क्याक्टेसी (Cactacace) हो । मानव शरीरलाई चाहिने सम्पूर्ण तत्त्व एवं धेरै खाले औषधीय गुण यसमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले यस फललाई सुपर फूड (Super Food) पनि भन्ने गरिन्छ  । रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने भएकाले यसलाई शक्तिको पावर हाउस (Power house of energy) पनि भनिन्छ, यसमा धेरै किसिमका...
चिन्ताबाट बच्न चाहनुहुन्छ भने सधैं बुद्धिमान व्यक्तिसँग बस्नुहोस् र घरमा वाद–विवाद नगर्नुहोस्

चिन्ताबाट बच्न चाहनुहुन्छ भने सधैं बुद्धिमान व्यक्तिसँग बस्नुहोस् र घरमा वाद–विवाद नगर्नुहोस्

जीवनशैली
यदि स–साना कुराहरुलाई ध्यानमा राख्ने हो भने दैनिक जीवनका थुप्रै समस्या आफैं बिलाएर जानेछन् । आचार्य चाणक्यले जीवनमा सुख–शान्ति स्थापित गर्नका लागि सूत्र बनाउँदै एउटा नीति शास्त्रको रचना गरेका थिए । चाणक्य नीति अपनाएर हामीले हरेक कुरामा सफलता पाउन सक्छौं । आउनुहोस्, यस्तै एक नीतिबारे जानकारी लिऔं । मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्। दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।। यो चाणक्य नीति ग्रन्थको तेस्रो अध्यययको २१ औं श्लोक हो । यो नीतिमा चाणक्यले भनेका छन्ः जहाँ मूर्खको पूजा हुँदैन, ज्ञानीको मात्रै सम्मान हुन्छ, बुद्धिमान व्यक्तिको कुरा मानिन्छ, त्यहाँ सुख–शान्ति स्थापित हुन्छ । बुद्धिमान व्यक्तिको संगत गर्दा हाम्रा थुप्रै समस्या समाप्त हुनसक्छ । जुन घरमा धन–धान्य पर्याप्त मात्रामा छ, अन्नको एउटा दाना पनि व्यर्थ फ्याँकिदैन, त्यहाँ अन्नक...