Saturday, May 18
Shadow

राजनीति

लकडाउनको अवधि बैशाख ३ गतेसम्म लम्बियो

लकडाउनको अवधि बैशाख ३ गतेसम्म लम्बियो

राजनीति, विशेष खबर
काठमाडौं । सरकारले लकडाउनलाई  ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यो सगै लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (COVID -19) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो । साथै, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन लम्ब्याएर कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका थिए । ‘लकडाउनसँगै र्‍यापिड टेष्टलाई तीव्रता दिनुपर्छ भन्ने उहाँको ...
विप्लव भन्छन् : ‘काेराेना विरुद्ध सहकार्य गराैं’ आफ्ना ६ कार्यसूची, सरकारलाई १६ सुझाव

विप्लव भन्छन् : ‘काेराेना विरुद्ध सहकार्य गराैं’ आफ्ना ६ कार्यसूची, सरकारलाई १६ सुझाव

राजनीति
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन केपी वली सरकारले नसकेको ठहर गर्दै यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिँदै पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गरेका छन् । कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर जारी राखिने स्पष्ट पार्दै महासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टीपङ्क्तिलाई सचेत गराएका छन् । महासचिव विप्लवले जारी गरेको प्रेस वक्तव्यको आरम्भमा भनिएको छ, ‘चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस अहिले विश्वलाई नै प्रभावित पार्ने गरी...
विप्लव नेकपा नेता नविन र अनेमसंघ महासचिव धिरेन्द्रा उपाध्याय ९ महिनापछि रिहा

विप्लव नेकपा नेता नविन र अनेमसंघ महासचिव धिरेन्द्रा उपाध्याय ९ महिनापछि रिहा

राजनीति
काठमाण्डौं।  सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरिन्द्रा उपाध्याय रिहा भएका छन् । मंगलबार सर्वोच्च अदालतको आदेशमा बिक ७ र उपाध्याय ९ महिनापछि रिहा भएका हुन् । बन्दीप्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले दुबैजनालाई छोड्न आदेश दिएपछि दुबै जना रिहा भएका हुन् । विश्वकर्मा माइला लामा पक्राउ परेपछि उपत्यका इन्चार्ज थिए भने उपाध्याय काठमाण्डौं सेक्रेटरी थिईन् । दुबैजनालाई गैरकानुनी थुनामा राखेको भन्दै रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । उपाध्याय गत साउन १३ गते र विश्वकर्मा असोज ८ गते काठमाण्डौंबाट पक्राउ परेका थिए भने । दुबै जनालाई झण्डै सात महिना नख्खु जेलमा राखि काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरेपछि पुनः गिरफ्तार गरी सुनसरी हुँदै शनिबार...
कोभिड–१९ : सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति

कोभिड–१९ : सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति

राजनीति
धनुषा, १० चैत (रासस) : विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर प्रकृतिबाहेक प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्तलाई रिहा गरेर चाप घटाउन लागेको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको त्रास रहेका बेला प्रहरीको हिरासतमा थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएको हुँदा प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ । प्रहरी उपरीक्षक बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताउनुभयो । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार १...
जाेखिम कायमै छ, पूर्ण सतर्क रहनुस् : विप्लव

जाेखिम कायमै छ, पूर्ण सतर्क रहनुस् : विप्लव

राजनीति
काठमाडौ । विश्वव्यापी महामारीको रुप धारण गर्दै गएको कोरोना भाइरसबारे नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुराएको बताउँदै जाेखिम कायमै रहेकाले अत्यन्त सतर्क रहन अाम जनसमुदायलनई अपिल गरेका छन् । 'जोखिम कायमै छ’, महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस्तो जोखिमको परिस्थितिमा सारा देश एकतावद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ ।’ विप्लवले कोरोना संक्रमणका विरुद्ध आम नेपाली नागरिकलाई सचेत रहन पनि आग्रह गरेेेका छन्। नेता विप्लवले देशभरका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध गर्दै तत्काल पार्टी कार्यकर्ताहरु र जनसेनाहरुलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक बनाउन निर्देशन दिए । उनले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारवाहीबाहेक अन्य आक्र...
विप्लवका दाजुु जयन्द्रसहित ४ जना पक्राउ, स्थिति अज्ञात

विप्लवका दाजुु जयन्द्रसहित ४ जना पक्राउ, स्थिति अज्ञात

राजनीति
ललितपुर । विद्राेही नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'का दाजु जयन्द्र वहादुर चन्दसहित ४ जना ललितपुरबाट आइतवार पक्राउ परेका छन् । नेपाल गणातान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका चन्द खेलकुद क्षेत्रका सहकर्मीहरुसँग छलफल गरेर बसिरहेका बेला सादा पाेशाकका सुरक्षाकर्मीले घेरा हाली पक्राउ गरिएकाे थियाे । चन्दका अाफन्तले दिएकाे जानकारी अनुसार उहाँकाे स्थितिबारे अहिलेसम्म अाफन्तलाई जानकारी दिएकाे छैन । परिवारजनले स्थिति सार्जजनिक गर्न र बिल्कुल खेलकुद क्षेत्रमा सक्रिय चन्दलाई अविलम्ब बिनाशर्त रिहा गर्न अाग्रह गरेका छन् । यसैबीच महासंघका महासचिव विनाेद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी र कमल अारसीलाई पनि पक्राउ गरिएकाे छ । प्रहरी श्राेतका अनुसार चारै जनालाई ललितपुरस्थित जावलाखेल प्रहरीकाेमा राखेर अनुसन्धान भइरहेकाे छ । यसैबीच नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलक...
‘काेराना’ प्रभाव : विप्लव नेकपाले भन्याे, ‘नेता-कार्यकर्ता रिहा गरी कारागारभित्रकाे चाप घटाउ’

‘काेराना’ प्रभाव : विप्लव नेकपाले भन्याे, ‘नेता-कार्यकर्ता रिहा गरी कारागारभित्रकाे चाप घटाउ’

राजनीति
काठमाडौ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसले राष्ट्रिय संकट सृजना गरिरहेको बेला बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्युरोले आफ्ना सम्पूर्ण संघर्षका कार्यक्रमहरुलाई स्थगित गरिएको घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ले एक प्रेस बिज्ञप्ती जारी गर्दै त्यस्तो घोषणा गरेका हुन् । साथै उनले विज्ञप्ति मार्फत महामारी र संकटको बेलामा पार्टीका संषर्षका कार्यक्रम स्थगित गरी जनताको स्वास्थ्य सेवामा लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। नेता पुनले सोही विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई लिएर स्वास्थ्य संकट घोषणा गरी स्वास्थ्य जनशक्ति स्वयमसेवक भर्ना गर्न पनि माग गरेका गरेका छन् । यस्तै भारतसँग जोडिएका सीमानाकामा व्यवस्थित स्वास्थ्य चेक पोष्ट स्थापना गर्न, ज्याल...
१० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक यस्तो छ  (पूर्ण पाठ)

१० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक यस्तो छ (पूर्ण पाठ)

राजनीति
चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित काठमाडौं । नेपाल सरकारले लामो दूरीका यातायातमा चैत १० गतेदेखि रोक लगाइएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै भने, आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्ने बताए । सम्बोधनको पूर्ण पाठ हेर्नुहोस्  सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन ७ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म ...
चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित

चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित

राजनीति
काठमाडौं । सरकारले चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देपिख १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने बताए ।  त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए । ...
स्व. गिरिजाप्रसाद काेइरालाले स्थापना गरेकाे नेपाल ट्रेड युनियन कांग्रेस खारेज

स्व. गिरिजाप्रसाद काेइरालाले स्थापना गरेकाे नेपाल ट्रेड युनियन कांग्रेस खारेज

राजनीति, विशेष खबर
नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघलगायत २७ वटा अावद्ध संघकाे भविष्य अन्याैल काठमाडौँ । पूर्व प्र म गिरिजाप्रसाद कोइराला सस्थापक अध्यक्ष रहेको ७४ वर्ष पुरानो नेपाल ट्रेड युनियन कांग्रेस अाैपचारिक रुपमा खारेज भएकाे छ । २००३ सालमा विराटनगर जुटमिलमा कार्यरत तत्कालीन मजदुर नेता काेइरालाले स्थापना गरेका थिए । उक्त ट्रेड युनियनकाे कानुनी मान्यता सकिएसँगै २७ वटा भगिनी सस्थाहरुकाे भविष्य अन्याैल बनेकाे छ । भगिनी संस्थाहरुमा ९४ हजार सदस्य रहेकाे नेपाल शिक्षक संघ, काँग्रेस निकट पत्रकार संगठन, नेपाल प्रेस यूनियन, नेपाल वित्तिय कर्मचारी संघलगायत २७ वटा अावद्ध संघहरु छन् । हालको कार्यरत नेतृत्वको गैर जिम्मेवारी र लापरवाहीको कारण यस्तो अवस्थामा सस्था आइपुगेको साे ट्रेड युनियन निकट केही नेताहरुले बताए । श्रम बिभागको दर्ता नं. ०२ रहेकाे सो नेपाल ट्रेड युनियन कांग्रेस २०७६ फागुन ३ गते नै खारेज भैसकेको ...
प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्ने तिरुवा रिहा

प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्ने तिरुवा रिहा

राजनीति
काठमाडौं, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि हालै जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा आज धरौटीमा छुटेका छन् । तिरुवा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयासमा पक्राउ परेका थिए । उनलाई आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहाई गरिएको हो । रिहाईपछि पत्रकार महासंघका केन्द्रीय सदस्य तथा अाफन्त जन्मदेव जैसीले तिरुवाको जिम्मा लिएका छन् । गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो । भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए । उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका थिए । विगतमा पन...
उपप्रधानमन्त्री ईश्वर पोखरेल: जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ

उपप्रधानमन्त्री ईश्वर पोखरेल: जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ

राजनीति, समाज
काठमाडौं । सरकारका ‘सेकेण्डम्यान’ उपप्रधानमन्त्री ईश्वर पोखरेलको अचेल व्यस्तता फेरिएको छ । रक्षामन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेल अहिले विश्वव्यापी फैलिएको महामारी कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् । फागुन १८ गतेको मन्त्रिपरिषद बैठकबाट नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरी त्यसको संयोजक पोखरेललाई बनाएर प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए । यसबीचमा पोखरेलले कोरोनाकेन्द्रित भएरै उच्चस्तरीय समन्वय समितिका बैठकहरु नियमित गर्दै पूर्वप्रधानमन्त्रीहरुसहितको सर्वदलीय बैठक राखेर महामारीविरुद्ध लड्न राष्ट्रिय संकल्प जुटाए । पछिल्ला दिनमा उनले उच्चस्तरीय समितिबाट कोरोना संक्रमणको जोखिमविरुद्ध मन्त्रालयगत कामहरुको निर्णय गराउँदै सरोकारवालाहरुसँग पनि निरन्तर...
बास्काेटाकाे ७० करोड कमिसनको अख्तियारद्वारा अनुसन्धान

बास्काेटाकाे ७० करोड कमिसनको अख्तियारद्वारा अनुसन्धान

राजनीति, समाज
काठमाडौं : चैत ३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा नै कमिसन काण्डमा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानविन थालेको छ । अख्तियारले केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयललाई पत्र पठाएर सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल माग गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा सञ्चार मन्त्रालयमा अनियमितता भएको भनेर आयोगमा उजुरी आएपछि आयोगले अनुसन्धान सुरु गरिएको जनाएको छ । अख्तियारका तीन जना अधिकारीले प्रकरणको अनुसन्धान गरिरहेका छन् । स्वीट्जरल्याण्डको केबीए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले सुरक्षण मुद्रण खरिद प्रक्रियामा छलफल हुँदा बास्कोटाले करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यस सम्बन्धि अडियो टेप सार...
नविन र भृकुटी रिहालगत्तै सर्वाेच्चबाट पुन: पक्राउ

नविन र भृकुटी रिहालगत्तै सर्वाेच्चबाट पुन: पक्राउ

राजनीति
काठमाडौ । पुर्व मन्त्री नविन विश्वकर्मा र पुर्व सभाषद धिरिन्दा कुमारी उपाध्याय 'भृकुटी' लाई सर्वाेच्च अदालतले रिहा अादेश दिएलगत्तै गेटबाटै प्रहरीले पुन: पक्राउ गरेकाे छ । बन्दीप्रत्यक्षीकरण  रिटबाट रिहा गरिएका नविन र भृकुटीलाई सादा पाेशाकका प्रहरीले पक्राउ गरि बेपत्ता पारिएकाे अाफन्तले बताएका छन् । यसअघि पाटन उच्च अदालत, धरान जिल्ला अदालत, कालिकोट जिल्ला अदालतबाट रिहा हुँदै गिरफ्तार हुँदै अाएका दुवै जनालाई दैलेख जिल्ला प्रहरीले पुन: गिरफ्तार गरि अभद्र व्यवहारकाे मुद्दालगाएकाे थियाे । गएकाे साता उमेश उपाध्यायले दायर गरेकाे रिटउपर साेमबार अादेश जारी गर्दै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह रावत र मनाेजकुमार शर्माकाे संयुक्त इजलाशले रिहा गर्न अादेश दिएकाे थियाे ।...
नेकपाका नेता प्रज्वलन रिहा

नेकपाका नेता प्रज्वलन रिहा

राजनीति
काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य  वसन्त श्रेष्ठ `प्रज्वलन´  रिहा भएका छन् । गत चैत्र ८ गते राति काभ्रेबाट गिरफ्तार परेका श्रेष्ठ ११ महिनापछि बिहीबार रिहा भएका हुन् । अदालतको आदेशमा रिहा भएपनि पटक पटक गिरफ्तार परेका नेता श्रेष्ठलाई उच्च अदालत बुटवलले रिहा गरेको हो । श्रेष्ठलाई नेकपा स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओलीसँगै गत बर्ष चैत ८ गते राति काभ्रेको खानीखोला ७ मिल्चेबाट पक्राउ गरेको थियो । सो क्रममा श्रेष्ठलगायत ९ जना पक्राउ परेका थिए । पछिल्लो पटक पूर्वी ताम्सालिङ्ग इन्चार्ज समेत रहेका श्रेष्ठलाई रुपन्देही जिल्ला अदालतले ४ हजार धरौटीमा छाड्ने आदेश दिए पनि सो रकम नबुझाएका कारण कारागार चलान भएका थिए । गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरि काभ्रे पुर्...
विद्राेेही नेकपासँग वार्ताकाे पहल

विद्राेेही नेकपासँग वार्ताकाे पहल

राजनीति
काठमाडौँ । सरकारले एक वर्षअघि नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको वातावरण मिलाउन सरकारी नेकपाका सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेर जिम्मेवारी दिएको थियो । तर विद्राेही नेकपाले पक्राउ परेका सबै नेता–कार्यकर्ता रिहाइ हुनुपर्ने पूर्वसर्त राखेपछि वार्ता हुन सकेन । अहिले उनै सासंद पाण्डेमार्फत वार्ताको पहल भइरहेको स्रोतले जनाएको छ । पाण्डेले एक महिनाअघि मात्र नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा र दसैंअघि सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई भेटेको स्रोतको भनाइ छ । बाँस्तोला चन्द समूहका पाँच सचिवालय सदस्यमध्ये एक तथा पश्चिम कमान्ड इन्चार्ज हुन् । कान्तिपुर दैनिकका मातृका दाहाल र लिला श्रेष्ठ लेख्छन्,- केही महिनायता चन्द समूह र सरकारले खटाएको प्रतिनिधिबीच तीन चरणमा अनौपचारिक कुराकानी भएको छ । तर दुवै पक्षले यसलाई औपचारिक रूपमा बाहिर ल्याउन चाहेक...