Sunday, May 5
Shadow

राजनीति

सुनिल थापाले गरे दुई राप्रपाबीचको एकीकरण बहिष्कार

सुनिल थापाले गरे दुई राप्रपाबीचको एकीकरण बहिष्कार

राजनीति
काठमाडौं । राप्रपा संयुक्तका महामन्त्री सुनिलबहादुर थापाले दुई पार्टीबीचको एकीकरण बहिष्कार गरेका छन्। बुधबार राष्ट्रियसभा गृहमा आयोजित एकीकरण घोषणा सभामा राप्रपा र राप्रपा (संयुक्त) को औपचारिक रुपमै एकीकरण भएको छ। सम्झौतामा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्। तर, पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिलले भने एकीकरण सभामा उपस्थित भएनन्। दुई पार्टीबीच एकीकरणको घोषणा भइरहँदा थापा भने मालिगाउँस्थित आफ्नै निवासमा थिए। राजतन्त्रलाई स्वीकार गर्ने गरी पार्टी एकीकरणको सहमति गरेपछि थापा अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग रुष्ट भएका छन्। थापाले गणतन्त्रलाई स्वीकार गरेर अघि बढ्नु पर्ने मत पार्टीभित्र राख्दै आएका थिए। थापाले यसअघि नै राजतन्त्रलाई स्वीकार गरेर पार्टी ...
सर्वोच्चको नजिरले विप्लवलाई फाइदा, आस्थाकै आधारमा पक्राउ गर्न नमिल्ने

सर्वोच्चको नजिरले विप्लवलाई फाइदा, आस्थाकै आधारमा पक्राउ गर्न नमिल्ने

राजनीति, विशेष खबर, समाज
सन्तोष भट्टराई काठमाडाैं । सर्वोच्च अदालतले कुनै पनि नागरिकलाई बिना कारण बन्दी बनाएर राख्न नमिल्ने नयाँ नजिर स्थापित गरेको छ। सर्वोच्चले कसैलाई पनि निरन्र। थुनामा राख्नु ‘अनुचित, अतार्किक र जवाफदेहिताहीन कार्य’ भएको फैसला गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासलले एक बन्दीप्रत्यक्षीकरण रिटको फैसलको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो नजिर कायम गरेको हो। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएको थियो। उनलाई ०७५ फागुन १९ मा श्रीमतीको उपचार गराउन जाँदै गर्दा तम्घासबाट पक्राउ गरेको थियो। खड्कालाई ०७५ चैत १५ मा जिल्ला अदालतले १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटी बुझाएर रिहा भएका खड्कालाई प्रहरीले पुनः पक्राउ गर्‍यो।...
बास्काेटा निवासमा बम बिस्फाेट : विप्लव नेतृत्वको नेकपाले जिम्मा लियाे

बास्काेटा निवासमा बम बिस्फाेट : विप्लव नेतृत्वको नेकपाले जिम्मा लियाे

राजनीति, विशेष खबर, समाज
काठमाडौ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूस मागेकाे अडियाे सार्वजनिक भएपछि राजिनामा दिएका निवर्ततमान सञ्चार मन्त्री गाेकुल बास्कोटाकाे घरमा अाफुले बम बिस्फाेट गराएकाे बताएकाे छ । उनलाई  भ्रष्टाचारी घोषणा गर्दै बुधबार बिहान भक्तपुरमा रहेको उनको घरमा बम विस्फोट गरेको पर्चामार्फत जिम्मा लिइएकाे हाे । ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ भनेर घटनास्थलमा छाडिएको भनिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको भनिएको छ । पर्चामा दश वटा तर्क अघि सारिएको छ । बुँदागत रुपमा विष्फोटकको कारण उल्लेख गर्दै भनिएको छ, ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले, १० ...
बास्काेटाकाे घरनजिकै बम बिस्फाेट

बास्काेटाकाे घरनजिकै बम बिस्फाेट

राजनीति, विशेष खबर
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएकाे छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानका अनुसार बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो । उपरिक्षक प्रधान नेतृत्वकाे टाेलीले घटनाबारे अध्ययन गरिरहेकाे छ। थप विवरण भने आउन बाँकी छ ।...
सुचना विभागलाई महासंघकाे अल्टिमेटम

सुचना विभागलाई महासंघकाे अल्टिमेटम

राजनीति, समाज, सूचना प्रविधि
काठमाडौ, २१ फागुन । नेपाल पत्रकार महासंघले न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई कारवाही गर्न सूचना तथा प्रशारण विभागमा एकहप्ते अल्टिमेटम बुझाएकाे छ । महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका संयाेजक रामप्रसाद दाहालकाे नेतृत्वमा गएकाे टाेलीसँग विभागका महाप्रवन्धक लेखनाथ शर्माले ऐन अनुसार सेवासुविधा नदिने सञ्चारमाध्यमलाई ध्यानाकर्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । "हामी अध्ययन गरेर केही कदम चाल्छाैं, पत्रकार महासंघलाई निरन्तर सहकार्य गर्न अाग्रह गर्दछु," महाप्रबन्धककाे भनाई उदृत गर्दै समितिका सह-संयाेजक जन्मदेव जैसीले बताए । टाेलीले पटक-पटककाे ध्यानाकर्षणलाई अझै बेवास्ता गरे चरणबद्ध अान्दाेलनमा जाने चेतावनी दिएकाे पत्रकार महासंघ केन्द्रीय सदस्यसमेत रहेका जैसीले जानकारी दिए। छलफलमा केन्द्रीय सदस्य तथा समिति सदस्य यम विरही र महासंघ उपत्यका अध्यक्ष तथा सदस्य एनके दाहालल...
राष्ट्रियसभा सदस्यहरूको सपथग्रहणमा यस्तो देखियो (फोटो फिचर )

राष्ट्रियसभा सदस्यहरूको सपथग्रहणमा यस्तो देखियो (फोटो फिचर )

राजनीति
२१ फागुन, काठमाडौं । राष्ट्रिय सभाका १८ सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान संसद भवनको ल्होत्से हलमा सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण गर्नेहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का २ जना छन् । उनीहरु गत माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका थिए । सपथ ग्रहण गर्नेहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।   यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले...
सहिदको सपना पूरा गर्न लामबद्ध हौं – महासिचव विप्लव

सहिदको सपना पूरा गर्न लामबद्ध हौं – महासिचव विप्लव

राजनीति
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै सहिदको सपना पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुधबार विज्ञप्ति निकाली काण्डै काण्डमा मुछिएको वली सरकारले पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको भन्दै सबैलाई सहिदहरुको सपना पूरा गर्न महान अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘फागुन १४ गतेदेखि २१ गतेसम्म हाम्रो पार्टीले सहिद दिवस मनाउँदै आएको छ । यस एकीकृत जनक्रान्तिको रगत पसिना मिसिएको छ । यी सबै सहिदहरुप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’ विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘मानव जातिको मुक्तिको लागि संसारभरी स्वाभिमान मान्छेहरु बढिराखेका छन् ...
प्रचण्डलाई जुत्ता हान्ने युवकको बयान : बर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा जुत्ता हानेँ

प्रचण्डलाई जुत्ता हान्ने युवकको बयान : बर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा जुत्ता हानेँ

राजनीति, विशेष खबर, समाज
१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन् । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन् । ‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् । राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर जुत्ता प्रचण्डसम्म पुगेन ।...