Saturday, May 18
Shadow

सुनिल थापाले गरे दुई राप्रपाबीचको एकीकरण बहिष्कार


  • -इ
  • इ+

काठमाडौं । राप्रपा संयुक्तका महामन्त्री सुनिलबहादुर थापाले दुई पार्टीबीचको एकीकरण बहिष्कार गरेका छन्।

बुधबार राष्ट्रियसभा गृहमा आयोजित एकीकरण घोषणा सभामा राप्रपा र राप्रपा (संयुक्त) को औपचारिक रुपमै एकीकरण भएको छ। सम्झौतामा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्।

तर, पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिलले भने एकीकरण सभामा उपस्थित भएनन्।

दुई पार्टीबीच एकीकरणको घोषणा भइरहँदा थापा भने मालिगाउँस्थित आफ्नै निवासमा थिए। राजतन्त्रलाई स्वीकार गर्ने गरी पार्टी एकीकरणको सहमति गरेपछि थापा अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग रुष्ट भएका छन्।

थापाले गणतन्त्रलाई स्वीकार गरेर अघि बढ्नु पर्ने मत पार्टीभित्र राख्दै आएका थिए। थापाले यसअघि नै राजतन्त्रलाई स्वीकार गरेर पार्टी एकता हुन नसक्ने बताएपछि कमल थापा नेतृत्वको राप्रपाले एकीकरणका लागि बनाएको वार्ता समिति नै भंग गरेको थियो।

यसअघि थापाले मंगलबार बसेको राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेका थिए।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्