Saturday, May 18
Shadow

बास्काेटाकाे घरनजिकै बम बिस्फाेट


  • -इ
  • इ+

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घर नजिकै बम विष्फोट भएको छ ।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानका अनुसार बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो ।

उपरिक्षक प्रधान नेतृत्वकाे टाेलीले घटनाबारे अध्ययन गरिरहेकाे छ। थप विवरण भने आउन बाँकी छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्