Saturday, May 18
Shadow

बास्काेटा निवासमा बम बिस्फाेट : विप्लव नेतृत्वको नेकपाले जिम्मा लियाे


  • -इ
  • इ+

काठमाडौ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूस मागेकाे अडियाे सार्वजनिक भएपछि राजिनामा दिएका निवर्ततमान सञ्चार मन्त्री गाेकुल बास्कोटाकाे घरमा अाफुले बम बिस्फाेट गराएकाे बताएकाे छ ।

उनलाई  भ्रष्टाचारी घोषणा गर्दै बुधबार बिहान भक्तपुरमा रहेको उनको घरमा बम विस्फोट गरेको पर्चामार्फत जिम्मा लिइएकाे हाे ।

‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ भनेर घटनास्थलमा छाडिएको भनिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको भनिएको छ । पर्चामा दश वटा तर्क अघि सारिएको छ ।

बुँदागत रुपमा विष्फोटकको कारण उल्लेख गर्दै भनिएको छ, ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।’

सरकारको प्रवक्ता पदको समेत दुरुपयोग गरेको दाबी गरिएको छ । साथै, समूहमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बाँस्कोटा बनेको पनि दाबी गरिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्