Friday, May 17
Shadow

सूचना प्रविधि

नास्टमा युवा वैज्ञानिक फोरम स्थापना हुने

नास्टमा युवा वैज्ञानिक फोरम स्थापना हुने

सूचना प्रविधि
काठमाडौ,१५  फागुन ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी दिनुभयो । ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ गत कात्तिक ४ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको थियो । गत असोज १ गते राष्ट्रिय नवप्रवर्तन ढाँचा, प्राज्ञ– प्रतिष्ठानको सहयोगी हात सर्वसाधारणसम्म पु¥याउन नागरिकसँग नास्ट, देश र विदेशमा रहेका प्रतिभाशाली वैज्ञानिकको ज्ञान तथा सीप उपभोग गर्न तथा वैज्ञानिक परिचय प्रकाशनको तयारी गरिएको कार्यक्रममा जानकारी दिइयो । विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश...