लोकसेवाले माग्यो २ सय ९६ अधिकृत

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २६, २०७५
|
|
५५ पटक हेरिएको
Shares
लोकसेवाले माग्यो २ सय ९६ अधिकृत

सारांश

  • काठमाडौं, मंसिर २६ – लोकसेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरी २ सय ९६ अधिकृत (प्राविधकसमेत) का लागि विज्ञापन खुलाएको छ ।
  • न्याय, कानुन र अन्य गरी तीन समूहमा २ सय ९६ अधिकृतका लागि दरखास्त आह्वान भएको हो ।
  • अधिकृतस्तरमा न्याय, कानुन र सरकारी वकिल गरी खुलातर्फ १ सय ४२ जनाका लागि विज्ञापन खुलाइएको छ।

न्याय, कानुन र अन्य गरी तीन समूहमा २ सय ९६ अधिकृतका लागि दरखास्त आह्वान भएको हो । अधिकृतस्तरमा न्याय, कानुन र सरकारी वकिल गरी खुलातर्फ १ सय ४२ जनाका लागि विज्ञापन खुलाइएको छ। न्यायमा ९३, कानुनमा २९ र सरकारी वकिलमा २० जनाको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुनेछ ।

आयोगले न्याय सेवाका कानुन, न्याय, सरकारी वकिल समूह तथा लेखापरीक्षण र संसद् सेवा समूहमा मात्र पदपूर्ति गर्नका लागि विज्ञापन गरेको हो । न्याय सेवा र लेखापरीक्षण समूहको सहसचिव र उपसचिवसम्मको आन्तरिक खुला र खुला पदपूर्तिका लागि सूचना जारी गरिएको हो ।

सरकारी वकिल समूहमा सहसचिवतर्फ ७ पदपूर्ति हुनुपर्नेमध्ये एक जना खुलाको खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने आयोगको विज्ञापनमा उल्लेख छ। बाँकी पदपूर्ति आन्तरिक प्रतिस्पर्धा र समावेशी रुपमा हुनेछ । उपसचिवतर्फ न्याय सेवावाट ५, सरकारी वकिल २ र व्यवस्थापिका संसद् सेवा समूहमा १ जनाको मात्र खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने विज्ञापनमा उल्लेख छ। ५३ मध्ये अन्य पदपूर्ति आन्तरिक खुला प्रतिस्पर्धा र समावेशीका आधारमा हुने विज्ञापनमा उल्लेख छ ।

महिलातर्फ न्यायमा २३, कानुनमा ८ र सरकारी वकिलमा ४ जनाको कोटा रहेको छ । आदिवासी जनजातितर्फ न्यायमा २२, कानुनमा ७ र सरकारी वकिलमा ३ जनाको कोटा छ । समावेशी अन्तर्गत नै मधेसी कोटामा न्यायमा १८, कानुनमा ५ र सरकारी वकिलमा ३ जनाको  विज्ञापन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य
यार्सागुम्बा सङ्कलनलाई स्थायी ठेगाना खुल्नुपर्ने
यार्सागुम्बा सङ्कलनलाई स्थायी ठेगाना खुल्नुपर्ने
सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो
सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो
उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते
उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
परराष्ट मन्त्री ज्ञवालीले गरे क्रिकेट खेलाडीलाई बिदाई
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने
च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दा नेइमार र एम्बाप्पे दुवै नखेल्ने
मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो
मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
कांग्रेसमा केन्द्रीय समिति बैठक माग
कांग्रेसमा केन्द्रीय समिति बैठक माग

तपाईंले छुटाउनुभयो कि?