नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १४, २०७४
|
|
६५ पटक हेरिएको
Shares
नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार

सारांश

  • ‘हामीले न कसैलाई धम्की दिएका छौं न त बम नै पड्काएका छौं,’ प्रहरीले पक्राउ गर्न थालेपछि बुधबार मानवअधिकार आयोगको विराटनगरस्थित कार्यालयमा उजुरी गर्न पुगेका नेकपा सुनसरी सदस्य मोहन कार्कीले भने, ‘बिनागल्ती हाम्रा साथीहरूलाई पुलिसले समातिरहेको छ।
  • ’ स्वतन्त्र हिँडडुल गर्ने अनि अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै उनी आयोग कार्यालय पुगेका हुन्।
  • ‘घरमा बस्न सक्ने अवस्था छैन, मोबाइल फोन स्विच अन गर्न सकिँदैन’, उनले भने, ‘अब मानवअधिकार आयोगले केही सहयोग गर्छ कि भन्ने आशामा छु।

‘हामीले न कसैलाई धम्की दिएका छौं न त बम नै पड्काएका छौं,’ प्रहरीले पक्राउ गर्न थालेपछि बुधबार मानवअधिकार आयोगको विराटनगरस्थित कार्यालयमा उजुरी गर्न पुगेका नेकपा सुनसरी सदस्य मोहन कार्कीले भने, ‘बिनागल्ती हाम्रा साथीहरूलाई पुलिसले समातिरहेको छ।’

स्वतन्त्र हिँडडुल गर्ने अनि अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै उनी आयोग कार्यालय पुगेका हुन्। ‘घरमा बस्न सक्ने अवस्था छैन, मोबाइल फोन स्विच अन गर्न सकिँदैन’, उनले भने, ‘अब मानवअधिकार आयोगले केही सहयोग गर्छ कि भन्ने आशामा छु।’

इटहरीमा बसेर राजनीति गर्दै आएका उनी केही दिनयता भूमिगत छन्। सार्वजनिक ठाउँमा उनी देखिएका छैनन्। प्रहरीले पक्राउका लागि घरमा निगरानी बढाएपछि कात्तिक २० गतेदेखि नै घर छाडेर आफन्तकहाँ शरण लिन थालेको उनले सुनाए।

आफू भागेपछि प्रहरीले घरका सदस्यलाई मानसिक यातना दिने गरेको गुनासो उनले गरे। ‘६० वर्ष पार गरेकी आमा पुलिसले समातेर लान्छ कि भन्ने डरमा हुनुहुन्छ’, उनले भने, ‘कात्तिक २० गतेदेखि घर छाडेर हिँडिरहेको छु।’

सुनसरीबाट नेकपामा झन्डै दर्जन कार्यकर्ता समातिएको दाबी उनले गरे। पक्राउ पर्नेहरूको संख्या पूर्वमा कम्तीमा ३१ देखिएको छ। पाँचथरबाट १५, ताप्लेजुङबाट १३ र मोरङबाट तीन पक्राउ परेर प्रहरी हिरासतमा रहेको आयोगकी क्षेत्रीय प्रमुख मञ्जु खतिवडाले जानकारी दिइन्।

पक्राउ गरेकामध्ये धेरैजसो आफ्ना नेता, कार्यकर्ता नरहेको दाबी कार्कीले गरे। इटहरीबाट पक्राउ ११ मध्ये दुई जना मात्र आफ्नो पार्टीका नेता भएको उनको भनाइ छ। उनका अनुसार सबै जना तरहरा प्रहरी चौकीको हिरासत छन्।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सञ्जय राउतले नेकपा कार्यकर्तालाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए। कहिलेसम्म राख्ने हो भन्ने प्रश्नमा उनले भने, ‘कानुनले दिएसम्म मात्र राख्छौं।’ उनले वृद्धहरूसमेत पक्राउ परेको स्वीकार गरे।
आफूहरूले यस्ता घटनालाई नजिकबाट हेरिरहेको इन्सेकका पूर्वाञ्चल प्रमुख सोमराज थापाले बताए। उजुरी र गुनासा आएपछि सम्बन्धित ठाउँमा गएर बुझ्ने गरेको उनको भनाइ छ। ‘पक्राउ नै नगर भन्न सकिँदैन’, उनले भने, ‘तर, पक्राउ परेकाहरूलाई यातना दिने, आफन्तसँग भेट्न नदिने गर्नु हुँदैन, मानवअधिकार हनन् हुनु हुँदैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
खुकुरी हान्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासित
खुकुरी हान्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासित
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा
एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा
आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
Sonam Kapoor: Interesting facts about the actress
Sonam Kapoor: Interesting facts about the actress
सफा र बुटिकसफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
सफा र बुटिकसफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
(सिफारिस) तथा कात्तिक २६ र मंसिर ३ गते मध्यावधी निर्वाचन

तपाईंले छुटाउनुभयो कि?