रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
४७ पटक हेरिएको
Shares
रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड

सारांश

  • गण्डकी ।
  • गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।
  • पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राखे ।

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।

पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राखे ।

“समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न देशमा उद्योग, व्यवसाय फस्टाउनुपर्छ, रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ”, मुख्यमन्त्री अधिकारीले भने । सामूहिक लगानीमा जोड दिँदै राज्यले व्यवसायमैत्री नीति ल्याउनुपर्ने उनको भनाइ छ । उनले नेपालमा सेवामूलक व्यवसायको पनि उत्तिकै भविष्य रहेको बताए ।

होटल पौवा प्रालिले रु १० करोडको लगानीमा पोखरामा आतिथ्य सेवा विस्तार गरेको हो । लेकसाइडमा सञ्चालनमा आएको उक्त होटल पौवाको एघारौँ शाखा हो । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो ।

आतिथ्य सेवामा प्रालिले हालसम्म झन्डै रु ६० करोड लगानी गरिसकेको होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाँजा र सेक्स खुल्ला हुँदै पोखरामा
गाँजा र सेक्स खुल्ला हुँदै पोखरामा
कोलकतास्थित बन्दरगाहमा नेपाली कन्टेनर अड्किने समस्या फेरि दोहोरियो
कोलकतास्थित बन्दरगाहमा नेपाली कन्टेनर अड्किने समस्या फेरि दोहोरियो
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
हल्लमट्वाँट (हास्यब्याङग्य)
हल्लमट्वाँट (हास्यब्याङग्य)
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
थाइल्यान्डमा मतदानको समय समाप्त, ८० प्रतिशत मतदान (अपडेट)
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि  विश्वकप फुटबलको  प्रत्यक्ष प्रसारण
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण
मछिन्द्रले सातदोबाटोलाई हरायो
मछिन्द्रले सातदोबाटोलाई हरायो

तपाईंले छुटाउनुभयो कि?