अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १, २०८०
|
|
५१ पटक हेरिएको
Shares
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

सारांश

  • जुम्ला ।
  • जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकी थिइन् ।

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकी थिइन् । उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ । गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेको थियो ।

गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले जानकारी दिए । कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन । सोमबार बिदा परेकाले मङ्गलबार कार्यालय खुल्ने वित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए ।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए ।

उपाध्यक्ष भण्डारीले भने अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताइन् । कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ ।

घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

(https://musclemx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसिप फुटबल  : नेपालले पाकिस्तानलाई हरायो
साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
ध्यान मानव जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली
ध्यान मानव जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली
मुस्ताङमा च्याङ्ग्रालाई १७ देखि २२ हजारसम्म
मुस्ताङमा च्याङ्ग्रालाई १७ देखि २२ हजारसम्म
कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि
Television actress Chahatt Khanna finally shares the first picture of her newborn baby girl and it’s adorable!
Television actress Chahatt Khanna finally shares the first picture of her newborn baby girl and it’s adorable!
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
देउवाविरुद्ध पौडेल समूह आक्रामक
देउवाविरुद्ध पौडेल समूह आक्रामक
आफ्नो जन्म गाउँमा साढे २ सय रोपनी जग्गा किन्दै प्रधानमन्त्री ओली
आफ्नो जन्म गाउँमा साढे २ सय रोपनी जग्गा किन्दै प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?