अब खाेला तर्दा कर तिर्नुपर्ने !
सारांश
- धनगढी, ३० साउन ।
- स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ ।
- आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ ।
धनगढी, ३० साउन । स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ ।
अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, साइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ र सामानको प्रतिबोरा १५ रुपैयाँ कर लिने निर्णय गरिएको छ । उपमानगरपालिकाका लेखा अधिकृत लेखनाथ ओझाले एक खोला एक घाटको १२ हजार रुपैयाँमा ठेक्का भइसकेको र अरु प्रक्रियामा रहेको बताए । धनगढी उपमहानगरपालिकाभित्र तीन चार दोलामा एक दर्जन घाट छन् । प्रत्येक घाटमा ठेकेदार परिचालन हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया