यसरी भयो गर्भपतन गैरकानुनी !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २, २०७६
|
|
५५ पटक हेरिएको
Shares
यसरी भयो गर्भपतन गैरकानुनी !

सारांश

  • बीबीसी ।
  • अमेरिकाको अलाबामा राज्यका सांसदहरूले गर्भपतनलाई गैरकानुनी बनाउने एउटा कडा विधेयक पारित गरेका छन्।
  • प्रान्तीय सिनेटले २५ का विरुद्ध छ मतले पारित गरेको सो विधेयकमा बलात्कार र परिवारभित्रको यौन सम्बन्धको अवस्थामा बाहेक अन्य सबै अवस्थामा गर्भपतनलाई गैरकानुनी बनाइएको छ।

बीबीसी । अमेरिकाको अलाबामा राज्यका सांसदहरूले गर्भपतनलाई गैरकानुनी बनाउने एउटा कडा विधेयक पारित गरेका छन्।

प्रान्तीय सिनेटले २५ का विरुद्ध छ मतले पारित गरेको सो विधेयकमा बलात्कार र परिवारभित्रको यौन सम्बन्धको अवस्थामा बाहेक अन्य सबै अवस्थामा गर्भपतनलाई गैरकानुनी बनाइएको छ।
पारित विधेयक अब रिपब्लिकन गभर्नर के इभीकहाँ स्वीकृतिको लागि पठाइने छ। उनले विधेयकका बारेमा नबोले पनि उनलाई गर्भपतन विरोधीका रुपमा हेरिन्छ।

गर्भपतन गर्न पाइने अधिकारमा बन्देज लगाउने नियमहरू यो वर्ष मात्र १६ वटा विभिन्न अमेरिकी राज्यहरूमा लागु गरिसकिएको छ।

सन् १९७३ मा सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिएको आदेशलाई यो नयाँ कानुनले चुनौती दिने अधिकारकर्मीहरूले बताएका छन्।

के भन्छन् सांसदहरू?
रिपब्लिकन सांसद टेरी कोलिन्सले भनेस् ‘यो विधेयकले गर्भमा भएको बच्चालाई पनि मानिस मान्छ।’

डेमोक्र्याट बबी सिङ्गलटनले विधेयक चिकित्सकलाई अपराधी बनाउने र पुरुषहरूले महिलालाई आफ्नो शरीरलाई के गर्ने भनेर सिकाउने प्रयास भने।

रिपब्लिकन सांसद क्लाड च्याम्ब्लिसले यो विधेयकले राज्यलाई सर्वोच्च अदालत गएर सन् १९७३ को निर्णयलाई चुनौती दिनसक्ने स्थान दिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?