असार १ गतेदेखि काठमाडौँ रात्री बस चल्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
३४ पटक हेरिएको
Shares
असार १ गतेदेखि काठमाडौँ रात्री बस चल्ने

सारांश

  • सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ।
  • यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो।
  • विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए।

सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको उनले बताए । ‘राति ९ बजेपछि बस सञ्चालन गर्न व्यवसायी सहमत छन्। अहिले केही कम्पनीसँग यो सहमति गरिएको हो। अन्य कम्पनीले पनि इच्छा देखाए राति बस सञ्चालन गर्न सक्छन्’, दाहालले भने, ‘तत्काल समेट्न नसकिएको व्यवसायी पनि यो व्यवस्थामा आउन पाउनेछन्।’

राति सार्वजनिक यातायातको सहज उपलब्धता छैन । यातायात सुविधा नभएकाले मानिसले रातिको समयमा गर्न सक्ने काम पनि दिनमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ। यसले दिउँसो यात्रुको चाप धेरै हुने गरेको छ। यो व्यवस्थाले यस्तो बाध्यकारी समस्या हटाउने विभागको अपेक्षा छ। यो व्यवस्थाले उपत्यकाको रात्रिकालीन जीवन चलायमान बनाउने उनी बताउँछन् ।

यसअघि विभागले असार १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मालवाहक (ढुवानी)का गाडी उपत्यकामा चल्न नदिने निर्णय गरेको थियो। यी दुई व्यवस्थाले रात्रिकालीन जीवन चलायमान र ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नेछ। अन्नपूर्णपोष्टबाट

यो पनि पढ्नुस्
सार्वजनिक यातायातको भाडा वृद्धि फिर्ता

सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै नाटकिय रुपमा निर्णय फिर्ता लिएको जनाएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो २० प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ ।

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशनमा हाललाई फिर्ता लिएको विभावस्रोतले जनाएको छ ।आज दिउसो मात्रै विभागले ट्याक्सीमा १२ प्रतिशत र अन्य सार्वजनिक यातायातमा २० प्रतिशत भाडा बढाएको ठोकुवा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?