अस्पतालमा कसैले पनि ज्यान गुमाउन नपरोस् – मुख्यमन्त्री शाही

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
अस्पतालमा कसैले पनि ज्यान गुमाउन नपरोस् – मुख्यमन्त्री शाही

सारांश

  • सुर्खेत ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कम्युनिष्ट सरकार रहेको अनुभुतिहुने गरी काम गर्न र अस्पतालमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई निर्देशन गरेका छन् ।
  • प्रदेश सरकार मातहत रहेका अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको शनिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सपथ ग्रहण कार्यक्रममा वधाई दिदै मुख्यमन्त्री शाहीले अस्पतालबाट जनतालाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवाप्रवाहको व्यवस्थापन गर्न निर्देशन दिए ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कम्युनिष्ट सरकार रहेको अनुभुतिहुने गरी काम गर्न र अस्पतालमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई निर्देशन गरेका छन् ।

प्रदेश सरकार मातहत रहेका अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको शनिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सपथ ग्रहण कार्यक्रममा वधाई दिदै मुख्यमन्त्री शाहीले अस्पतालबाट जनतालाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवाप्रवाहको व्यवस्थापन गर्न निर्देशन दिए ।

‘स्वास्थ्य सेवा जनताको मौलिक हक हो, नागरिकलाई यसको प्रत्याभुति दिलाउनु राज्यको दायित्व हो ।’ मुख्यमन्त्री शाहीले भने, ‘कुनै बहाना बनाएर यसबाट उन्मुक्ति पाउने छुट वर्तमान सरकारलाई छैन ।’ मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार रहेको बताउदै मुख्यमन्त्री शाहीले संविधान र ऐन कानुनको अभावले कामगर्न सकिएन भन्ने बहानावाजी अब नचल्ने बताए ।

मुख्यमन्त्री शाहीले अस्पताल व्यवस्थापन समितिको अध्यक्षले राजनीतिक नेतृत्व गर्नुपर्ने वताउदै स्वास्थ्य सेवाको अभाववाट कोही पनि नागरिक मृत्युको शिकार नवन्ने वातावरण नबनोस् भनी कामना गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य सेवाप्रति कर्णालीप्रदेश सरकार गम्भीर रहेको वताउदै वजेट अभावहुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका अध्यक्ष र सदस्य सहित १० जिल्लाका जिल्ला अस्पताल, सुर्खेत र जुम्लामा रहेका २ आयुर्वेदिक अस्पतालका व्यवस्थापन समितिका अध्यक्षलाई नियुक्ति पत्र दिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?