आजको मौसमः देशैभरी पानी पर्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
आजको मौसमः देशैभरी पानी पर्ने

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।
  • साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कोशी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
रवि लामिछानेकी पत्नीको जाहेरी प्रहरीले दर्ता गरेन, चितवन जान सुझाव
रवि लामिछानेकी पत्नीको जाहेरी प्रहरीले दर्ता गरेन, चितवन जान सुझाव
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
रवि लामिछानेविरुद्ध परेका तीन उजुरी खारेज, उम्मेदवारी कायम
रवि लामिछानेविरुद्ध परेका तीन उजुरी खारेज, उम्मेदवारी कायम
काठमाडौंमा जहाँ खुलमखुल्ला हुन्छ यौन व्यापार
काठमाडौंमा जहाँ खुलमखुल्ला हुन्छ यौन व्यापार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु
१५७ देशमा कोरोनाको महामारी, पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु
नेप्से परिसूचक २७ अङ्कले बढ्यो
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
एमाले-माओवादी मिल्यो आपसी भागण्डा, कुन पद कसलाई ?
एमाले-माओवादी मिल्यो आपसी भागण्डा, कुन पद कसलाई ?

तपाईंले छुटाउनुभयो कि?