आजदेखि एशियाली खेलकूद महाकुम्भ शुरु, नेपालबाट ८० खेलाडी सहभागी

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
आजदेखि एशियाली खेलकूद महाकुम्भ शुरु, नेपालबाट ८० खेलाडी सहभागी

सारांश

  • काठमाडौँ, २ भदौ – एशिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन आज इण्डोनेसियाको सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ ।
  • नेपाली समयानुसार साँझ सवा ६ बजे इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।
  • उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् ।

काठमाडौँ, २ भदौ – एशिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन आज इण्डोनेसियाको सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ ।

नेपाली समयानुसार साँझ सवा ६ बजे इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।

उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिने दिनेछन् ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नेछन् ।

एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।

इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्यान्डले ८१६, दक्षिण कोरियाले ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् ।

एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी हुँदैछन् । जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।

नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जाकार्ता र बाँकी छ खेल पालेम्वाङमा हुनेछ ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय सुनुवाई कर्मकाण्ड : सर्वोच्चले पायो ५ जना न्यायाधीश
संसदीय सुनुवाई कर्मकाण्ड : सर्वोच्चले पायो ५ जना न्यायाधीश
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
बिम्स्टेकः पाहुनालाई सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास !
बिम्स्टेकः पाहुनालाई सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास !
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
यी हुन् यौन सम्पर्क गर्दा गर्दै ज्यान गुमाउने प्रसिद्ध व्यक्तिहरू
यी हुन् यौन सम्पर्क गर्दा गर्दै ज्यान गुमाउने प्रसिद्ध व्यक्तिहरू
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
कपिल शर्मा शो इन्कार गर्ने यी चार सेलिब्रेटी
कपिल शर्मा शो इन्कार गर्ने यी चार सेलिब्रेटी
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च
अब यसरी हुनेछ  प्रहरीले ढाँटेको छिनभरमै पहिचान
अब यसरी हुनेछ प्रहरीले ढाँटेको छिनभरमै पहिचान
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….