आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २६, २०८१
|
|
४० पटक हेरिएको
Shares
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने

सारांश

  • धादिङ।
  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ ।
  • आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो।

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो।

राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताए।

नौबिसे नागढुंगा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए।

गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ। दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताए।

“पुलको आरसिसी बिम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ। त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लरमा राख्नुपर्नेछ”, उनले भने, “काम नयाँ पुलमा हुने भए पनि पुरानो पुलसँगै रहेकाले काम गर्ने क्रममा आई पर्न सक्ने जोखिमलाई मध्यनजर गरी सडक सवारी रोकेर काम गर्न लागिएको हो।”

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ। सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द रहनेछ। राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट?
कुन अर्थमन्त्रीको पालामा कति थियो वजेट?
दानवबहादुर कार्की नेपाल प्रहरीको ३३ औँ आइजिपी नियुक्त
दानवबहादुर कार्की नेपाल प्रहरीको ३३ औँ आइजिपी नियुक्त
दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररुपमा
दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररुपमा
कात्तिक ८ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक ८ गते शनिवारको राशिफल यस्तो छ
वडा अध्यक्षसहित पक्राउ परेका १२ जुवाडे छुटाउन चलखेल
वडा अध्यक्षसहित पक्राउ परेका १२ जुवाडे छुटाउन चलखेल
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
प्रदर्शनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड
प्रदर्शनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड

तपाईंले छुटाउनुभयो कि?