इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
३८ पटक हेरिएको
Shares
इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

सारांश

  • काठमाडौँ।
  • सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ ।
  • अन्य दुईजना घाइते भएका छन् ।

काठमाडौँ। सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो ।

इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इँटाभट्टामा काम गर्ने मजदुरलाई सामान्य सुरक्षाको समेत व्यवस्था नमिलाउँदा पटकपटक दुर्घटनामा परी मजदुरको अङ्गभङ्ग हुने र ज्यानै समेत जाने गरेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डको शपथ आज
प्रधानमन्त्री प्रचण्डको शपथ आज
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैनः सभापति शर्मा
जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैनः सभापति शर्मा
उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
काठमाडौँ लगायत पहाडी क्षेत्रमा आज वर्षा र हिमपात हुने सम्भावना
यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा
यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ
किरात प्रदेश नाम राख्न मुख्यमन्त्री र प्रदेश सभामुख लाई २५लाख हस्ताक्षर सहित ज्ञापनपत्र
किरात प्रदेश नाम राख्न मुख्यमन्त्री र प्रदेश सभामुख लाई २५लाख हस्ताक्षर सहित ज्ञापनपत्र
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल