इजिप्टका अहमेदको आत्मघाती गोल, रसियाको सनसनीपूर्ण जित
सारांश
- रूस – विश्वकपमा आयोजक देश रसियाले सनसनीपूर्ण जित हासिल गर्दै दोस्रो चरण पार गरेको छ ।
- रसियाले इजिप्टलाई ३–१ ले पराजित गर्दै अर्को चरणमा पुगेको हो ।
- मंगलबार राति भएको खेलमा आयोजक राष्ट्र रूसले विश्वकप फुटबल इतिहासमा पहिलो पटक दोस्रो चरणमा प्रवेश गरेको हो।
रूस – विश्वकपमा आयोजक देश रसियाले सनसनीपूर्ण जित हासिल गर्दै दोस्रो चरण पार गरेको छ । रसियाले इजिप्टलाई ३–१ ले पराजित गर्दै अर्को चरणमा पुगेको हो ।
मंगलबार राति भएको खेलमा आयोजक राष्ट्र रूसले विश्वकप फुटबल इतिहासमा पहिलो पटक दोस्रो चरणमा प्रवेश गरेको हो। घरेलु मैदानमा रसियाले विश्वकपको अर्को चरणमा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ।
मंगलबार रातीको समूह ‘ए’ अन्तर्गतको खेलमा इजिप्टका अहमेद फथीले एक आत्माघाती गोल हाने । अन्य दुई गोल डेनिस चेरिसेभ र एरतेम डिजुवाले गोल गरेका थिए । त्यसैगरी इजिप्टका तर्फबाट मोहम्मद सालाहाले एक गोल फर्काएका थिए।
पहिलो हाफको खेल गोलरहित बराबरीमा थियो । दोस्रो मिनेटमा रूसले आत्माघाती गोलको उपहार पाएको थियो । रूसका खेलाडीले पोष्टमा प्रहार गरेको बल इजिप्टका फथीको खुट्टामा लागेर जाली चुमेको थियो।
प्रतिक्रिया