इटालीमा अफ्रिकन आप्रवासीलाई किन आक्रमण?
सारांश
- इटलीको माकेराटा शहरमा एक इटालियन नागरिकले अफ्रिकी आप्रवासीलाई लक्षित गरी गोली चलाउदा कैयौ घाइते भएका छन् ।
- शनिबार त्यसरी गोली चलाउने व्यक्ति रंगभेदबाट प्रभावित व्यक्ति हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
- १८ वर्षीय एक इटालियन युवतीको हत्यामा संलग्न भएको आरोपमा एक नाइजेरियल अप्रवासी युवक पक्राउ परेको भोलीपल्टै यो गोलीकाण्ड भएको हो ।
इटलीको माकेराटा शहरमा एक इटालियन नागरिकले अफ्रिकी आप्रवासीलाई लक्षित गरी गोली चलाउदा कैयौ घाइते भएका छन् । शनिबार त्यसरी गोली चलाउने व्यक्ति रंगभेदबाट प्रभावित व्यक्ति हुन सक्ने प्रहरीले अनुमान गरेको छ । १८ वर्षीय एक इटालियन युवतीको हत्यामा संलग्न भएको आरोपमा एक नाइजेरियल अप्रवासी युवक पक्राउ परेको भोलीपल्टै यो गोलीकाण्ड भएको हो । स्थानीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार गोली काण्डबाट ६ भन्दा बढि अफ्रिकन आप्रवासी घाइते भएका छन् ।
कारमा आएका एक बन्दुकधारीले कारको झ्यालबाट बन्दुक निकालेर अन्धाधुन्ध प्रहार गरेका थिए । गोलीकाण्ड भएको स्थान राजधानी रोमबाट करिब २ सय किलोमीटर टाढा रहेको छ । गोलीकाण्डमा सहभागि भएको आरोपमा एक इटालियन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इटालीको राज्य सञ्चालित टेलिभिजनका अनुसार बन्दुकधारी माकेराटा सहरकै २८ वर्षे युवा हुन् र उनको अल्फा रोमियो कारबाट प्रहरीले एक थान पेस्तोलसमेत बरामद गरेको छ । सो गोलीकाण्डले मार्च ४ मा हुने आम निर्वाचनलाई पनि असर पु¥याउने देखिएको छ । राष्ट्रिय निर्वाचन अघि भइरहेका विभिन्न सर्वेक्षणबाट जीतको नजिक देखिएको मध्य दक्षिणपन्थी गठबन्धनले आप्रवासी विरुद्ध कडा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रतिक्रिया