इनार सफा गर्दा तीनजनाको मृत्यु
सारांश
- काठमाडौं, १८ साउन ।
- राजधानीको सामाखुसीमा इनार सफा गर्दा शुक्रबार तीनजना मजदुरको मृत्यु भएको छ ।
- इनार सफा गर्न क्रममा निसास्सिएर तीनैजनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
काठमाडौं, १८ साउन । राजधानीको सामाखुसीमा इनार सफा गर्दा शुक्रबार तीनजना मजदुरको मृत्यु भएको छ । इनार सफा गर्न क्रममा निसास्सिएर तीनैजनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले उद्धार गरेपनि उनीहरुको इनारभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले जानकारी दिए । मृत्यु हुनेमा काठमाडौ महानगरपालिका– २६ का ७० वर्षीय मेखवर्ण गौतम, भारत हाजिपुरका अशोक कुमार र कैलाली टीकापुरका रमेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया