उत्तर कोरियाद्वारा अमेरिकी सैन्य अभ्यासको विरोध !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
उत्तर कोरियाद्वारा अमेरिकी सैन्य अभ्यासको विरोध !

सारांश

  • प्योङयाङ, २ कात्तिक  ः उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको समाचार छ ।
  • यी दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।
  • उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सो अभ्यास सुरु गरेका हुन् ।

प्योङयाङ, २ कात्तिक  ः उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको समाचार छ ।

यी दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सो अभ्यास सुरु गरेका हुन् ।

अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाई एक किसीमले सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी उत्तर कोरियाको ‘इमर्जेन्सी कमिटी’का प्रवक्ताले सो जानकारी दिएका छन् । उनले उक्त विज्ञप्तिमा भनेका छन्– यी दुई देशले अहिलेसम्मकै सबैभन्दा ठूलो यो सैन्य अभ्यास सञ्चालन गरेर कोरियाली प्रायद्वीपमा युद्ध चाहेका छन् ।

सो विज्ञप्तिमा उनले अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति भन्दा पनि युद्ध चाहेकोले यस्ता सैन्य अभ्यासजस्ता उत्तेजक व्यवहारहरु प्रदर्शन गरेका आरोप पनि लगाएाक छन् ।

यी दुई देशले सञ्चालन गरेको यो सैन्य अभ्यास उनीहरुको इतिहासमा सबैभन्दा ठूलो सङ्ख्याको रहेको बताइएको छ । तर कतिजना सेना वा के कस्तो सैन्य प्रदर्शनी त्यहाँ भइरहेको छ भन्ने बारेमा भने केही बताइएको छैन ।

उत्तर कोरियाले दुई महिनामात्र अघि गरेको आणविक परीक्षणले विश्वमा नै तरङ्ग ल्याएको छ । सो परीक्षणमा शक्तिशाली हाइड्रोजन बम पनि परेकोले विश्वले नै यसको विरोध गरेका छन् ।

उक्त सैन्य अभ्यास उत्तर कोरियाको सो आणविक परीक्षण पछि आएकोले यसले आफ्नो देशलाई चुनौती दिन खोजेको अर्थमा उत्तर कोरियाले लिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’
‘समानुपातिक टिकट दाइजो र बकस बनाइयो’
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव
चक्रवात फानीको असर आज नेपालमा पनि देखिने, सतर्क रहन सुझाव
सत्ता हस्तान्तरण गर्न आतुर छु : शेरबहादुर  देउवा
सत्ता हस्तान्तरण गर्न आतुर छु : शेरबहादुर देउवा
आजको मौसम: चार प्रदेशमा पानी पर्ने
आजको मौसम: चार प्रदेशमा पानी पर्ने
पहिलो एकदिवसीय खेल बिर्सन लाएक, नेदरल्यान्डसँग ५५ रनले पराजित
पहिलो एकदिवसीय खेल बिर्सन लाएक, नेदरल्यान्डसँग ५५ रनले पराजित
दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
विराटनगरलाई महानगर बनाउन नदिने शेखर कोइराला :लालाबाबु पण्डित
विराटनगरलाई महानगर बनाउन नदिने शेखर कोइराला :लालाबाबु पण्डित
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

तपाईंले छुटाउनुभयो कि?