दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
सारांश
- काठमाडौं ।
- प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी अस्पतालमा उपचारका लागि आउने प्रहरी कर्मचारीको दर्जा अनुसार भेदभाव हुने गुनासो तत्काल अन्त्य गर्न निर्देशन दिएका छन् ।
- नेपाल प्रहरी अस्पतालमा थप गरिएको ‘पोस्ट अपरेटिभ वार्ड’को सोमबार उदघाट्नपछि महानिरीक्षक अर्यालले अस्पतालले दिने सेवा दर्जा र हैसियतका आधारमा असमान हुन नहुने बताएका हुन् ।
काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी अस्पतालमा उपचारका लागि आउने प्रहरी कर्मचारीको दर्जा अनुसार भेदभाव हुने गुनासो तत्काल अन्त्य गर्न निर्देशन दिएका छन् ।
नेपाल प्रहरी अस्पतालमा थप गरिएको ‘पोस्ट अपरेटिभ वार्ड’को सोमबार उदघाट्नपछि महानिरीक्षक अर्यालले अस्पतालले दिने सेवा दर्जा र हैसियतका आधारमा असमान हुन नहुने बताएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार १४ शय्याको उक्त वार्ड अस्पतालको वार्षिक विनियोजित रकम अन्तर्गत करिब १ करोड ३८ लाख रुपैयाँ लागतमा निमार्ण भएको हो ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरीहरु शारीरिक रुपमा सक्षम र स्वस्थ रहनुपर्ने हुनाले उच्च मनोबल राख्न स्वास्थ्य सेवा महत्वपूर्ण रहेको बताए। उनले क्षेत्रीय प्रहरी अस्पताललाई समेत सुविधा सम्पन्न गराउँदै लैजान प्रहरी मुख्यालयले योजना बनाएको जानकारी दिए ।
प्रतिक्रिया