दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
सारांश
- काठमाडौँ, ८ भदौ ।
- एसिया कप छनोट खेलका लागि अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले श्रृलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई ३२४ रनको लक्ष्य दिएको छ ।
- नेपालका लागि युवा खेलाडी दिपेन्द्र सिँह ऐरीले सतकिय पारी खेले भने सागर पुन आफ्नो सतकबाट ८ रनमात्र टाढा रहे ।
काठमाडौँ, ८ भदौ । एसिया कप छनोट खेलका लागि अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले श्रृलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई ३२४ रनको लक्ष्य दिएको छ ।
नेपालका लागि युवा खेलाडी दिपेन्द्र सिँह ऐरीले सतकिय पारी खेले भने सागर पुन आफ्नो सतकबाट ८ रनमात्र टाढा रहे । उनले ८२ बलको सामना गर्दै ९२ रन बनाएका थिए । त्यस्तै दिपेन्द्रले ९० बलमा आफ्नो सतक पुरा गरेका थिए ।
पहिले ब्याटिङ गरेको नेपाली टोलिले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०० रन बनाएको थियो । पहिलो ४ विकेट छिटै गुमाएको नेपालका लागि सागर र दिपेन्द्रले सतकिय साझेदारी गर्दै ब्याटिङ सम्हालेका थिए । दिपेन्द्रले ९५ बल खेल्दै १२१ रन बनाए भने सागरको विकेट पतन पछि आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २६ रन बनाएर अाउट भएका थिए ।
नेपालले आफ्नो पहिलो अभ्यास खेलमा श्रृलंका आर्मिलाई ६७ रनले हराएको थियो भने अरु २ अभ्यास खेल क्रमश आइतबार र मंगलबार खेल्नेछ ।

प्रतिक्रिया