उम्मेदवार बनेकाहरुमाथि परेको उजुरीमाथि छानबिन

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक १८, २०७४
|
|
५० पटक हेरिएको
Shares
उम्मेदवार बनेकाहरुमाथि परेको उजुरीमाथि छानबिन

सारांश

  • १८ कात्तिक, काठमाडौं ।
  • निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकाहरुमाथि परेको उजुरीमाथि छानबिन थालेको छ ।
  • उम्मेदवारविरुद्ध उजुरी दिन शुक्रबारको समय दिएको आयोगले आज मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्न लागेको हो ।

१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकाहरुमाथि परेको उजुरीमाथि छानबिन थालेको छ । उम्मेदवारविरुद्ध उजुरी दिन शुक्रबारको समय दिएको आयोगले आज मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्न लागेको हो ।

निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले आयोगको निर्धारित कार्यतालिका अनुसार नै आज मनोनयनपत्र र उजुरीउपर छानबिन गर्न लागिएको बताए । उनले देशभरबाट उजुरीको तथ्यांक संकलन भइरहेकाले यसबारे यकिन हुन बाँकी रकेको जानकारी दिए ।

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । निर्वाचन आयोगले कात्तिक १६ गते यी जिल्लाका निर्वाचन क्षेत्रको उम्मेदवार मनोनयन दर्ता गराएको थियो ।

निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १७४२ उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २९६६ जना मैदानमा खडा भएका छन् ।

उम्मेदवारविरुद्ध उजुरी दिने समय शुक्रबारका लागि दिएको आयोगले शनिबार मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्नेछ । १८ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि १९ गतेको समय दिएको छ । आयोगका अनुसार, उम्मेदवारलाई कात्तिक १९ गते नै चुनाव चिह्न प्रदान गरिने छ ।

यसअघि पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको उम्मेदवार मनोनयन भइसकेको छ । त्यहाँ मंसिर १० गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ: रायमाझी
ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ: रायमाझी
जिल्ला पार्टीको कार्यक्रममा देउवा, सिंह र गगन थापाबीच व्यंग्य हानाहान
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन डा. केसीको आग्रह
चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन डा. केसीको आग्रह
गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता
गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता
मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
चितवन–२ बाट रविलाई जिताउने सभापति धर्मेन्द्रद्वारा पार्टी त्याग गरेको घोषणा
चितवन–२ बाट रविलाई जिताउने सभापति धर्मेन्द्रद्वारा पार्टी त्याग गरेको घोषणा

तपाईंले छुटाउनुभयो कि?