एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल

सारांश

  • पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ ।
  • टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ र्गयो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो ।
  • नेपालको सुरुवात निकै खराब रह्यो ।

पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ र्गयो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपालको सुरुवात निकै खराब रह्यो । टिमको स्कोर मात्र दुई रन हुँदा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे ।

पारस व्यक्तिगत ५ रनमा आउट भए । त्यसपछि लगातार विकेट गुमाएको नेपाल मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । घातक बलिङ गरेका आमिर कलिमले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाली बलरहरुले सुरुवातमा ओमानलाई दबावमा राखेका थिए । करण केसीसँगै सोमपाल कामी र सन्दीप लामिछानेले विकेट लिएपछि २७ रन जोड्दा ४ विकेट गुमाइसेको थियो । तर सुरज कुमारले ओमानलाई जित दिलाए । उनी एक्लैले ४२ रन बनाए ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?