एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।
  • जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका अवसरमा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा आज संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न चाहेकोे बताए ।

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका अवसरमा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा आज संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न चाहेकोे बताए ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा प्रस्तुत गर्ने तयारी गरिएको बताए । उनले भने, “आज दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभङ्ग गर्नेबारे छलफल भएको छ, बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ, आज त्यसको थालनी भएको छ ।”

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुने र त्यसका आधारमा बजेट बनाइने बताउँदै भने, “यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो, सरकारको नीति तथा कार्यक्रम, बजेटमा जनता र जनप्रतिनिधिको निगरानी, नियन्त्रण एवं हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउँदैछौँ ।” उनले भने, “हामीले २१औँ शताब्दीको जनवादमा भनेका थियौँ, राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौँ, यो पनि आफैँमा त्यसको एक रूप हो ।”

सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष अझ प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने प्रधानमन्त्रीले बताए । उनले भने, “सरकारले एक वर्षको अवधिमा राम्रा काम गरेको छ । इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि आवश्यक प्रयास जार छ । यसले देशभित्र र बाहिर उत्साह थपेको छ । यसमा नै टेकेर आगामी वर्ष अझ राम्रो गरिनेछ, सिङ्गो पार्टीले सरकारलाई सहयोग गरोस् ।”

अध्यक्ष दाहालले चाँडै नै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसपछि पार्टी अझ व्यवस्थित बन्ने बताए । उनले भने, “पार्टी विधानको मस्यौदा तयार भएको छ । चाँडै स्थायी समितिको बैठक हुनेछ । पार्टीको विधान तल्ला कमिटीमा पठाउने निर्णय गर्छौं । विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ । यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढाइनेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
वरिष्ठतम न्यायाधीश जोशीलाई नवनियुक्त प्रधानन्याधीशले पेशी नतोक्ने
वरिष्ठतम न्यायाधीश जोशीलाई नवनियुक्त प्रधानन्याधीशले पेशी नतोक्ने
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
मनाङमा विद्युतीय राहदानी वितरण सुरू
मनाङमा विद्युतीय राहदानी वितरण सुरू
भाका चोरेको आरोप लागेका प्रकाश सपुतले शम्भु राईलाई यस्तो लेखे
भाका चोरेको आरोप लागेका प्रकाश सपुतले शम्भु राईलाई यस्तो लेखे
कतारको श्रम कानूनमा सुधारः नेपालीसहित लाखौँ आप्रवासी कामदारले यस्ता लाभ पाउनेछन्
कतारको श्रम कानूनमा सुधारः नेपालीसहित लाखौँ आप्रवासी कामदारले यस्ता लाभ पाउनेछन्
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट  केही सिक्ने कि ?
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट केही सिक्ने कि ?
अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दिप
अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दिप
प्रहरीको हत्याका आरोपी महिला पक्राउ
प्रहरीको हत्याका आरोपी महिला पक्राउ