एक पाकिस्तानी जो घाँस खाएरै बाचिरहेका छन्

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ८, २०७४
|
|
४१ पटक हेरिएको
Shares
एक पाकिस्तानी जो घाँस खाएरै बाचिरहेका छन्

सारांश

  • हामीले मिठो खाना खानु पर्यो भनें के रोजौंला ?
  • यस्तै– थकाली खाना, मःमः, चाउमिन, पिज्जा, बर्गर वा त्यस्तै केहि ।
  • हामीले छान्ने खाना कमसेकम प्राकृतिक तथा पोषिलो हुनपर्ने हाम्रो न्युनतम सर्त पनि होलान् ।

हामीले मिठो खाना खानु पर्यो भनें के रोजौंला ? यस्तै– थकाली खाना, मःमः, चाउमिन, पिज्जा, बर्गर वा त्यस्तै केहि । हामीले छान्ने खाना कमसेकम प्राकृतिक तथा पोषिलो हुनपर्ने हाम्रो न्युनतम सर्त पनि होलान् । तर पाकिस्तानका महमद बट वर्षैंौं देखी घाँसपात मात्र खाएर बाँचेका छन् । पच्चिस वर्षदेखि महमदको मुख्य खाना नै घाँस–स्याउला रहेको छ ।

पाकिस्तानको पञ्जाव प्रान्तमा मजदुरीको काम गर्दै आएका ‘महमुदले रुखबुट्टाका हरियो पातलाई नै आफ्नो मूख्य आहार बनाएका छन् । सुरुमा उनले गरिबीका कारण भोक मेट्न रुख–बुट्टाका पातहरु खान थालेका थिए । तर अहिले पेट भर्न सक्ने गरी कमाउन थाले पनि पातहरु नै खान बानी परेको उनी बताउँछन् । सुरुमा उनको आम्दानी कम थियो, त्यसैले उनलाई गरिबीका कारण पेट भर्न समस्या थियो, काम धन्दा पनि भने जस्तो थिएन, त्यसैले भोक मेट्न सडकमा भिख माग्नुभन्दा रुखका पातहरु खाएरै भए पनि बाँच्ने निधो गरेको मुहमद बताउछन् ।

अहिले मजदुरी गरेर भएपनि आफू र आफ्नो परिवारको पेट पाल्न सक्ने हैसियत भएको उनको भनाई छ । स्याउला खाने बानी परेका मुहमद दैनिक सडक किनारका रुख भाँचेर पात खाने गरेका छन । स्याउला खाएर आपूm कहिल्यै अस्वस्थ्य नभएको उनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?