एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष

सारांश

  • काठमाडौं ।
  • पार्टी एकीकरण भएको एक वर्ष नबित्दै विवेकशील साझा पार्टी फुटेको छ ।
  • पार्टीको वैचारिक दृष्टिकोण नमिलेको भन्दै उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो ।

काठमाडौं । पार्टी एकीकरण भएको एक वर्ष नबित्दै विवेकशील साझा पार्टी फुटेको छ । पार्टीको वैचारिक दृष्टिकोण नमिलेको भन्दै उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । पहिलेको साझा पार्टीमा मिसिएको विवेकशील समुहका बाहिरिएका हुन् ।

उनीहरु नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएको घटनालाई दुःखद भएको विवेकशील साझा पार्टीले बताएको छ।

पार्टी प्रवक्ता डा.सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै थापाले केहि केन्द्रीय सदस्यलाई लिएर नयाँ दल दर्ताको लागि निवेदन दिएको घटना धोकापूर्ण रहेको बताइएको छ । पार्टीका प्रवक्ता आचार्यलेद्धारा जारी विज्ञप्तिमा लाखौँ नेपाली नागरिकले आशा र विश्वासका साथ पार्टीलाई हेरेको बेला घटना दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ । 

यही पुस ३० गते केन्द्रीय समितिको बैठकको आयोजना गरिएको छ । वैठकको तयारी भैरहेको बेला केही केन्द्रिय सदस्यले छुट्टै दल दर्ताका लागि निवेदन दिएको घटनाले पार्टीलाई आश्चर्यचकित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजक आ-आफ्नै जिम्मेवारीमा यथावत् क्रियाशील रहेको स्पष्ट पारिएको छ । पछिल्लो विकसित घटनाक्रमबाट सम्पूर्ण पार्टी सदस्य, पार्टी अभियानकर्ता, सम्पूर्ण शुभेच्छुकलाई विचलित नभई जिम्मेवारीप्रति सचेत रहन पार्टीले आग्रह गरेको छ ।

‘उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब विजयी
शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब विजयी
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
काठमाडौं महानगरले पाहूनालाई ५० लाखसम्म तिरेर होटलमा राख्ने
काठमाडौं महानगरले पाहूनालाई ५० लाखसम्म तिरेर होटलमा राख्ने
Играть в бесплатные игры онлайн-казино без регистрации Демо-игры казин
चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव
चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव
प्रमको ट्विट पाँच भाषामा
प्रमको ट्विट पाँच भाषामा

तपाईंले छुटाउनुभयो कि?