काठमाडौं महानगरले पाहूनालाई ५० लाखसम्म तिरेर होटलमा राख्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३, २०७५
|
१
|
५४ पटक हेरिएको
Shares
काठमाडौं महानगरले पाहूनालाई ५० लाखसम्म तिरेर होटलमा राख्ने

सारांश

  • काठमाडौं, ३ जेठ।
  • काठमाडौं महानगरपालिकाले  बुधबार दुई वटा कानून सार्वजनिक गरेको छ ।
  • महानगरपालिकाले सार्वजनिक गरेकाे खरिद नियमावलीमा आफ्नो निम्तामा आएका अतिविशिष्ट ब्यक्तिहरुलाई ५० लाख रुपैयाँसम्म खर्च गरेर होटलमा राख्ने बताएकाे छ ।

काठमाडौं, ३ जेठ। काठमाडौं महानगरपालिकाले  बुधबार दुई वटा कानून सार्वजनिक गरेको छ ।

महानगरपालिकाले सार्वजनिक गरेकाे खरिद नियमावलीमा आफ्नो निम्तामा आएका अतिविशिष्ट ब्यक्तिहरुलाई ५० लाख रुपैयाँसम्म खर्च गरेर होटलमा राख्ने बताएकाे छ ।

महानगरले सार्बजनिक गरेको सार्बजनिक खरिद नियमावलीमा यस्तो ब्यवस्था गरेकाे उल्लेख छ ।

‘महानगरको निमन्त्रणमा आएका अति विशिष्ट व्यक्तिको लागि आतिथ्यता र होटलबासको लागि ५० लाख रुपैयाँसम्मको सुबिधा महानगरले सोझै खरिद गर्न सक्नेछ,’ नियमावलीमा भनिएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक खरिद नियमावली २०७४ र विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ एकैसाथ सार्वजनिक गरे ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत रहेर कानून सार्वजनिक गरेको हो । यी दुई कानूनले महानगरको शिक्षा र सार्वजनिक खरिद प्रणाली थप व्यवस्थित हुने विश्वास गरेको छ ।सार्वजनिक खरिद नियमावलीमा के छ ?
सार्वजनिक खरिद नियमावलीमा महानगरले १० करोड वा त्यसभन्दा बढिको लागत भएका आयोजनाको मास्टर प्लान अनिवार्य रुपमा बनाउनुपर्ने व्यस्था गरेको छ ।

त्यस्तै महानगरले विशेष प्राथमिकताका अयोजना छनौट गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको छ ।

५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँ लागत भएका आयोजनाको खरिद सोझै छलफल र वार्ताबाट गर्न सकिने व्यवस्था गरेको छ ।

एउटै आर्थिक बर्षमा कुनै पनि ठेकेदार कम्पनीलाई एकभन्दा बढि काम नदिने व्यस्था पनि नियमावालीमा छ । तर तोकिएको समयमा काम सम्पन्न गरेमा एउटै आर्थिक बर्षमा एक भन्दा बढि काम पनि दिन सकिने छ ।

१० लाख रुपैँया भन्दा बढि लागत भएका आयोजनाको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

महानगरले विभिन्न विकास निर्माणका आयोजनाको डिजाईन गर्दा प्रतियोगिताको आधारमा छनौट गर्न सक्ने व्यवस्था पनि नियमावलीले गरेको छ ।

ठेकेदारले तोकिएको समयसीमा भन्दा अगाडी कार्यसम्पन्न गरेमा पुरस्कृत गरिने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

महानगरको निमन्त्रणमा आएका अति विशिष्ट व्यक्तिको लागि आतिथ्यता र होटलबासको लागि ५० लाख रुपैयाँसम्मको सुबिधा महानगरले सोझै खरिद गर्न सक्नेछ ।

के छ विद्यालय शिक्षा व्यवस्थापन नियमालीमा ?
बुधवार नै सार्वजनिक गरिएको विद्यालय शिक्षा व्यवस्थापन नियमावलीले सामुदायिक र संस्थागत विद्यालयको शुल्क निर्धारण स्तरोन्नति र तह थप गर्ने जस्ता विषयलाई धेरै समेटेको छ ।

कम्पनी ऐन अन्र्तगत दर्ता भएका विद्यालयलाई गुठी या सहकारी विद्यालय अन्र्तगत परिवर्तन गर्न सकिने व्यवस्था नियमावलीले गरेको छ । विद्यालयले मातृभाषामा शिक्षा प्रदान गर्न सक्ने व्यवस्था पनि नियमावलीले गरेको छ ।

नियमावलीले यस अघि निजी विद्यालयले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्ति अन्तर्गत ५ प्रतिशत सम्बन्धित वडा कार्यालयको सिफरिसमा वितरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

निजी विद्यालयले जम्मा विद्यार्थीबाट अशुल्ने शुल्को ५ प्रतिशत रकम महानगरको छात्रवृति कोषमा जम्मा गर्नुपर्न व्यवस्था गरेको छ ।

निजी विद्यालयले जम्मा गरेको रकम महानगरले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको छात्रवृति तथा विद्यालयलाई अनुदानको लागि प्रयोग गर्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ ।

नियमावलीमा विद्यालय गाभ्न, विद्यालयको तह बृद्धि गर्न, नयाँ विद्यालय खोल्न र विद्यालयको सम्पूर्ण निरीक्षणको अधिकार वडा कार्यलयलाई प्रदान गरिएको छ ।

महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्र्तगत रहेर यसअघि ७ वटा नियमावली सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ αfтєяиσσи <3
    ⛄ ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ⛄ тιмє ⌚ 1:07 PM ?
    ??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचारको क्रममा कैदीको मृत्यु
उपचारको क्रममा कैदीको मृत्यु
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना
बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी
बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
अनुभवी विशेषज्ञ प्रा. डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त: स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष लिए शपथ
अनुभवी विशेषज्ञ प्रा. डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त: स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष लिए शपथ

तपाईंले छुटाउनुभयो कि?