बजेटमा उद्योगीका सुझाव सङ्कलन

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २९, २०७९
|
|
४९ पटक हेरिएको
Shares
बजेटमा उद्योगीका सुझाव सङ्कलन

सारांश

  • लुम्बिनी ।
  • रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०/८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ ।
  • नेपाल उद्योग परिसङ्घले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायमा सुझाव पेस गर्ने उद्देश्यले उद्योगीसँग छलफल थालेको हो ।

लुम्बिनी । रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०/८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसङ्घले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायमा सुझाव पेस गर्ने उद्देश्यले उद्योगीसँग छलफल थालेको हो ।

परिसङ्घले बजेटमा उद्योगीको सुझाव सङ्कलन गर्नेक्रममा रुपन्देही उद्योग सङ्घको आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको छ ।

अन्तक्रियामा सहभागी उद्योगीले हालको खराब अर्थतन्त्र सुधारका लागि राज्य चनाखो हुनुपर्नेमा जोड दिँदै नीतिगत सुधार, भौतिक पूर्वाधार विस्तार र उद्योगीले व्यहोर्नु परेका झन्झटिला प्रक्रिया, भन्सार, कर नीतिका नकारात्मक प्रभाव तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सन्दर्भमा आ—आप्mना राय सुझाव पेस गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घ प्रतिनिधि लक्ष्मीप्रसाद सुवेदीले उद्योगीका समस्या समाधानका उचित उपाय खोज्न, आवश्यक पहल गर्न र राज्यलाई विभिन्न विषयमा सकारात्मक सुझाव दिन नेपाल उद्योग परिसङ्घ सक्रिय ढङ्गबाट अघि बढिरहेको बताउनुभएको थियो । उनले उद्योगीले विशेषगरी भन्सार, कर प्रणाली र नीतिगत विषयमा उठान गर्नुभएका समस्यालाई लिपिबद्ध गरी उच्चस्तरीय बैठकमा प्रस्तुत गर्ने र उद्योगीको समस्या क्रमशः समाधान गर्दै जानेसमेत प्रतिबद्धता व्यक्त गरेकबा थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसङ्घका अध्यक्ष एजाज आलम सङ्घका पूर्व अध्यक्ष बोनिन पिया, प्रथम उपाध्यक्ष, कृष्णप्रसाद पराजुली, उद्योगी रामप्रसाद बस्याल लगायतले विषयवस्तु उठान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षामा ५९ हजार वैदेशिक क्षेत्रका श्रमिक आबद्ध
सामाजिक सुरक्षामा ५९ हजार वैदेशिक क्षेत्रका श्रमिक आबद्ध
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !
बसमा भेटियो २८ वटा मरेका खसीबोका
आजदेखि ‘छ माया छपक्कै’ प्रदर्शनमा, सबैतिर हाउसफुल
आजदेखि ‘छ माया छपक्कै’ प्रदर्शनमा, सबैतिर हाउसफुल
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
रौतहटमा भएको आमसभामा यस्तो देखियो … फोटोफिचर
रौतहटमा भएको आमसभामा यस्तो देखियो … फोटोफिचर
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड

तपाईंले छुटाउनुभयो कि?