एनआरएनको चुनाव अहिले १० देखि सुरु हुँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
एनआरएनको चुनाव अहिले १० देखि सुरु हुँदै

सारांश

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको छ।
  • भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो।
  • गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान ‘प्रविधिमा आएको समस्याको कारण आज बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले सूचना निकालेर जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको छ। भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो। गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान ‘प्रविधिमा आएको समस्याको कारण आज बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले सूचना निकालेर जनाएको छ।

अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन्। आचार्य र पन्तले नेतृत्व गरेका दुई टीमबीच कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्षमा उम्मेदवारी दिएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट छन् भने पन्त प्रगतिशिल समूहसँग आवद्ध छन्। मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलागरी सुरु भएको हो।

वर्तमान अध्यक्ष भवन भट्ट र पूर्वअध्यक्ष शेष घलेले आचार्यलाई सघाउने भएका छन् भने पूर्वअध्यक्ष जीवा लामिछानेले पन्तलाई सघाएका छन्। एनआरएनएमा दलीय हस्तक्षेप भएको भन्दै उपेन्द्र महतो सम्मेलनबाट बाहिरिएका छन्। उनी तटस्थ बसेका छन्।

अध्यक्षलगायतका महत्वपूर्ण पदमा सहमतिको प्रयास भए पनि त्यो राति अबेरसम्म सहमति नभएपछि मतदान सुरु भएको हो। आफ्नो पक्षमा माहोल बनाउन र मतदातालाई प्रभावित गर्न दुवै पक्ष राति अबेरसम्म महाधिवेशनस्थल र राजधानीका होटलहरुमा व्यस्त थिए ।

बुधबार अपरान्ह तीन बजे मतदान प्रारम्भ गर्ने गरी निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको थियो। मतदान सम्पन्न भएको एक घन्टाभित्र मत परिणाम घोषणा हुनेछ। मंगलबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जेन्टिनाको जितमा मेस्सीको एक्लैको पाँच गोल
अर्जेन्टिनाको जितमा मेस्सीको एक्लैको पाँच गोल
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
नर्सका पीडा : जागिर निल्नु न ओकल्नु
नर्सका पीडा : जागिर निल्नु न ओकल्नु
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’

तपाईंले छुटाउनुभयो कि?