एनपीएल उद्घाटन खेलको तयारीमा रहेको विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०८१
|
|
६९ पटक हेरिएको
Shares
एनपीएल उद्घाटन खेलको तयारीमा रहेको विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित

सारांश

  • काठमाडाैं।
  •   नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग ३६ रनले पराजित भएको छ।
  • मुलपानी क्रिकेट मैदानमा पोखरासँगको अभ्यास खेलमा विराटनगर पराजित भएको हो।

काठमाडाैं।  नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग ३६ रनले पराजित भएको छ। मुलपानी क्रिकेट मैदानमा पोखरासँगको अभ्यास खेलमा विराटनगर पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि मार्की खेलाडी कुशल भुर्तेलले सर्वाधिक ३५ बलमा ५५ रनको विष्फोटक इनिङ खेल्दा अन्य खेलाडीको प्रदर्शन भने औसत रह्यो। थप दोहोरो स्कोरका रुपमा दिनेश खरेलले १६ रन बनाउँदा विदेशी खेलाडी बास डि लिड्सले १९ रन बनाए। त्यस्तै, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रन बनाएका थिए।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवाष भण्डारीले २–२ विकेट लिँदा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १–१ विकेट लिए।

विदेशी खेलाडीबिना मैदानमा ब्याटिङका लागि उत्रिएको विराटनगर गतिलो ब्याटिङ गर्न असफल भयो। विराटनगर निर्धारति २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रनमा समेटिएको थियो। उसका लागि फिर्दोस अन्सारीको २१ रनमा अविजित रहँदा दिपक बोहराले १९ रन तथा बसिर अहमदले १८ रन बनाए।

फिर्दोसलाई सुवाष भण्डारीले १२ रनमा साथ दिएका थिए। पोखराका लागि सागर ढकाल र तीर्थ राज दासले २–२ विकेट लिएका थिए। शनिबार हुने एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्दै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
काँग्रेसका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने
फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो :  प्रधानमन्त्री
फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
एमालेविरुद्ध खनिए कांग्रेस र संघीय फोरम
राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने
राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
उपनिर्वाचन २०७६ : “हामी मार्छौँ बाजी”
उपनिर्वाचन २०७६ : “हामी मार्छौँ बाजी”
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने

तपाईंले छुटाउनुभयो कि?