प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारका लागि सत्ता साझेदार दलहरुसँग परामर्श शुरु गरेका छन्। सात दलीय गठबन्धनबाट सहमति गरेर प्रधानमन्त्री नियुक्त हुनभएका प्रचण्डले साझेदार दलका शीर्ष नेताहरुसँग मन्त्रिपरिषद विस्तार र जिम्मेवारी बाँडफाँडका बारेमा गृहकार्य गरेका हुन्।

तीन उपप्रधानसहति चार जना विनाविभागीय मन्त्रीले सपथ लिए पनि सत्ता साझेदार दलहरुले मन्त्रिपरिषद् कहिलेसम्म विस्तार गर्ने भने टुङ्गो चाहिँ लागेको छैन।

सात दलको गठबन्धन रहेपनि सरकारमा भने ४ वटा दलको मात्रै सहभागीता रहने भएको छ। सरकार गठन गर्न सातै दलकले सहयोग गर्ने सहमति भएपनि जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने भन्ने विषयमा टुंगो लगाएको छैन।

अर्को साझेदार दल राप्रपाले भने सरकारलाई समर्थन गरेपनि मन्त्रीपरिषद्‍मा सहभागी नहुने निर्णय गरिसकेको छ। अर्को साझेदार दल नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो केही एजेण्डाहरु पूरा नभएसम्म सरकारलाई समर्थन गरेपनि मन्त्रिपरिषदमा सहभागी नहुने निर्णय गरिसकेको छ।

दलहरुको मन्त्रिमण्डलमा सहभागी हुने विषय यकिन नभएका कारण मन्त्रिपरिषद विस्तार गर्ने र जिम्मेवारी नतोकि मन्त्री बनेका मन्त्रीहरुलाई मन्त्रालय तोक्ने बारे अझै निर्णय हुन सकेको छैन।

त्यसो त मन्त्रालय बाँडफाँडको सहमति सत्ता साझेदार दलहरुबीच मोटामोटी रुपमा भइसकेकोले टुङ्गो अनुसार नै सरकार विस्तारको तयारी भइरहेको सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बताउँछन्।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायाणकाजी श्रेष्ठ र उप्रप्रधानसहित गृहमन्त्रालयमा रवि लामिछानेले पद तथा गोपनियातको सपथ लिइसेका छन्।

त्यस्तै एमालेकै तर्फबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको छ । यसैगरी, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले नेपाल जनमत पार्टीको प्रतिनिधित्व गर्दै सपथ लिइसकेका छन्।

अहिले सरकारमा नेकपा माओवादीको नेतृत्वमा नेकपा एमाले, रास्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी सात दलको गठबन्धन बनेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयसहित कुल २५ वटा मन्त्रालय रहेका छन् जसमध्ये सत्ता साझेदारका दलका दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    nimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

    Comment Author

    open a binance account

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी होः सभापति देउवा
काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी होः सभापति देउवा
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ
बलात्कारको सेक्सभिडियो बनाउने, देखाउने अनि साथीलाई पठाउने
बलात्कारको सेक्सभिडियो बनाउने, देखाउने अनि साथीलाई पठाउने
Guidelines on how to Find Appreciate With The Right Person
कर्णाली  प्रदेशमा संसदिय दलको लफडा !
कर्णाली प्रदेशमा संसदिय दलको लफडा !
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ