सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २१, २०७४
|
|
७९९ पटक हेरिएको
Shares
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन

सारांश

  • सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ ।
  • किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो ।
  • नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन इकाईले जिल्लाका ६३ वटा कृषि समूह, कृषि सहकारी र पशुपालन कृषक समूहलाई मोबाइल फोन वितरण गरेको हो ।

सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ । किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन इकाईले जिल्लाका ६३ वटा कृषि समूह, कृषि सहकारी र पशुपालन कृषक समूहलाई मोबाइल फोन वितरण गरेको हो । जिल्लाका किसानलाई बुधबार जिल्ला कृषि विकास कार्यालय सुनसरीमा कृषि व्यवस्थापन प्रणालीको सामग्री तथा उपकरण वितरण कार्यक्रम आयोजना गरी सो सामग्री वितरण गरेको हो ।

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि मोबाइल फोन सिम कार्डसहित वितरण गरिएको हो । उक्त मोबाईल  किसानलाई जानकारीमूलक प्रोडक्टका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक हाम्रो कृषि मोबाइल, एसएमएस, इन्टर एक्टिभ र भ्वाइस रेस्पोन्सका लागि सामग्री वितरण गरिएको हो ।

उक्त मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्नउत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा मोबाइलबाटै थाहा पाउने पाउनेछन्   ।
झाका अनुसार ६३ सहकारी र समूहमध्ये ३८ सहकारी र समूह कृषितर्फ तथा २५ वटा समूह पशुतर्फको रहेका छन् । समूह र सहकारीलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले मोबाइल फोन सेटसँगै, रेनगेज, तापक्रम नाप्ने थर्मामिटर लगायतका सामग्री वितरण गरे । सामान पाएपछि किसान र कृषक समूहले त्यसबाट आफूहरुलाई पशुपालन तथा बाली उत्पादनमा सहज हुने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी
कांग्रेसले गरेको विकासबाट अधिनायकवादी त्रसित छन् – चन्द्र भण्डारी
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
नयाँ वर्ष २०७७ सालको शुभकामना सहित वैशाख १ गते सोमबारको राशिफल यस्तो छ
नयाँ वर्ष २०७७ सालको शुभकामना सहित वैशाख १ गते सोमबारको राशिफल यस्तो छ
उपत्यकामा ६०० स्थानमा जेब्रा क्रसिङ राखिने
उपत्यकामा ६०० स्थानमा जेब्रा क्रसिङ राखिने
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?
किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
पहाड, मधेस तराइ कोहि छैनन पराइ…
सीके राउत र विप्लव समुहका २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ

तपाईंले छुटाउनुभयो कि?