एन्फाको नयाँ कार्यसमितिको पहिलो बैठकले यस्तो गर्यो निर्णय
सारांश
- अस्बिन खड्का काठमाडौं, २४ बैशाख ।
- एन्फाको नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रबिन्द्र जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
- यसैगरी बैठकले एन्फाको प्रवक्ताको जिम्मेवारी उदयपुरका किरण राईलाई दिएको छ ।
अस्बिन खड्का
काठमाडौं, २४ बैशाख । एन्फाको नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रबिन्द्र जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले एन्फाको प्रवक्ताको जिम्मेवारी उदयपुरका किरण राईलाई दिएको छ ।
त्यस्तै एन्फाका मानार्थ अध्यक्षमा टासी घले, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राई, मानार्थ उपाध्यक्ष तथा आर्थिक समितिका संयोजकमा शिक्षित पराजुली र अन्तर्राष्ट्रिय प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिका संयोजकमा नवीन पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित लेखा परीक्षण र अनुशासन समितिका संयोजकमा दीपक खातीलाई मनोनयन गरेको छ ।
बैठकले १८ वर्षमुनिको ललित स्मृति फुटबल प्रतियोगिता आगामी जेठ २९ गतेदेखि गर्ने, एन्फामा आबद्ध जिल्ला संघको सहभागितामा जिल्ला लिग, प्रदेश प्रतियोगिता र केन्द्रीय प्रतियागिता हुने गरी एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सञ्चालन गर्नेलगायत विषयमा निर्णय भएको एन्फाले जनाएको छ ।
प्रतिक्रिया