एमाले सचिवालय बैठक : कोशी प्रदेश सरकार भंग गर्न माग

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०८०
|
|
६३ पटक हेरिएको
Shares
एमाले सचिवालय बैठक : कोशी प्रदेश सरकार भंग गर्न माग

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।
  • पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलङ्घन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।

पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलङ्घन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो ।

सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सलग्न हुने कुरा नेपालको संविधान बितरित भएको र यो संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार भएको एमालेको ठहर छ । बैठकले मिटरव्याज सम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्व नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले सत्ता गठबन्धनले बिभिन्न स्वायत र गैरराजनीतिक संस्थाहरुमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरुलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियालाप गर्दै आएको भन्दै भ्रत्र्सना गरेको छ । सचिवालय बैठकले प्राकृतिक प्रकोपको घटनाका कारण ठूलो जनधनको क्षति भएकाले घरबार गुमाएकाहरुलाई तत्काल पुनस्र्थापित गर्न, राष्ट्रिय राजमार्ग सहित सडक पूर्वाधाररको यथाशीघ्र पुननिर्माण र जनजीवनलाई स्वभाविक अवस्थामा फर्काउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताए ।

त्यस्तै बैठकले देशैभरी फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, विमा रकम तत्काल भूक्तानी गर्न र राहत दिन सरकारसंग माग गरेको उनले बताए । बैठकले पार्टीको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको र अन्य केहि नेताहरुको जिम्मेवारी हेरफेर गरिएको ज्ञवालीले जानकारी दिए ।

त्यस्तै उपमहासचिव ज्ञवालीले साउन २ देखि ६ गतेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको जानकारी दिए भने बैठकले पार्टी सदस्य नविकरणको म्याद असार मसान्तभित्र सम्पन्न हुने भएकाले साउन १५ भित्र सवै बिबरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
आज सुन तोलामा ८ सयले बृद्धि
आज सुन तोलामा ८ सयले बृद्धि
अाइतबार मन्त्रीकै हैसिएतमा चिन जाँदै स्थापित
अाइतबार मन्त्रीकै हैसिएतमा चिन जाँदै स्थापित
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?

तपाईंले छुटाउनुभयो कि?