एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २६, २०७४
|
|
६४ पटक हेरिएको
Shares
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन

सारांश

  • एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई जितका लागि १८६ रनको सामान्य लक्ष्य दिएको छ ।
  • मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको हो ।
  •   नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन जोडे ।

एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले जारी खेलमा नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई जितका लागि १८६ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको हो ।

 

नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन जोडे । १०१ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे ।
प्रारम्भिक ब्याट्सम्यान जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । उनले ९५ बलमा ३ चौका प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख भने ३ रनमा पेभेलिएन फर्किए । मध्यक्रम चल्न नसक्दा नेपाल एकसमय कठिन अवस्थामा देखिएको थिया । अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्किए ।

भीम सार्कीले पनि १५ रनको मात्र योगदान गरे। उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए । यस्तै, पवन सर्राफ १ रनमै पेभेलियन फर्के भने कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए। सन्दीप लामिछाने ९ र किशोर महतो ७ रनमा नटआउट रहे ।

बलिङतर्फ भारतका आदित्य ठाक्रे र अभिषेक शर्माले २–२ विकेट लिए भने मन्दीप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाल बंगलादेशसँग २ विकेटको झिनोअन्तरले पराजित भएको थियो ।

एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराइसकेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार मलेसियासँग खेल्नेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?